नेता साहलाई कुटेको भ्रम फैलाउने कार्यकर्ता चौधरीलाई कारवाही हुने
जनकपुर । राष्ट्रिय जनता पार्टी नेपाल प्रदेश नम्बर २ को प्रमुख सचेतक प्रमेश्वर साहलाईन कुटपिट गरेको भनी प्रचार प्रसार गर्दै हिँडेका एक कार्यकर्तालाई कारवाहीको लागि केन्द्रमा सिफारिस गरेको छ ।
राजपा नेपाल धनुषाको जिल्ला अध्यक्ष मण्डलको बैठक बसि कार्यकर्ता संजय चौधरीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।
राजपाका कार्यकर्ता चौधरीले पार्टीको अनुशासन तथा नीति विपरीत राजपा नेपालका प्रदेश २ का प्रमुख सचेतक साहमाथि कुटपिट गरेको कपोकल्पित समाचार विभिन्न सञ्चार माध्यममा सम्प्रेशन गर्न लगाएको बताइएको छ ।
चौधरीनलाई सो समाचार झुठो रहेकोबारे आफ्नो स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गर्दा पनि नमानेकोले पार्टीको साधारण सदस्यबाट निष्कासन गर्न केन्द्रलाई सिफारिस गरिएको राजपा नेपाल धनुषाका संयोजक प्रमोद कुमार यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।