हिमस्टारद्वारा नयाँ हलोजन हिटर सार्वजनिक
मङ्गलबार, १० पुस २०७५, १७ : ४२
काठमाडौं– गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्स्ले जाडो मौसमलाई लक्षित गरी नयाँ हिटरहरु सार्वजनिक गरेको छ । जाडो मौसममा तातो राख्न विभिन्न तीन मोडलहरु सार्वजनिक गरेको छ । ४००, ८००, १२०० वाटका रहेका उक्त हिटरहरु सबै पोर्टेबल आकारमा छन् जसले प्रयोगकर्ताहरुलाई वरपर अथवा चारैतिर लैजान सहज हुनेछ ।
यसबाहेक, सबै तीन मोडलहरूमा वाईड अश्सिकिलेटिंग फंक्शन रहेको छ जसले तापलाई चारैतिर फैलाउँछ । सबै मोडेलहरूमा सुरक्षा टिप(ओभर स्विच छ र त्यो सबै प्लास्टिक र धातुको कभरमा उपलब्ध छ । हलोजन हिटरहरूका यी तीन मोडलहरू उत्पादमा १ वर्ष वारेन्टीका साथ आउने कम्पनीले जनाएको छ ।