मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

तपाईको आजको दिन शुभ कि अशुभ ? हेर्नुस् राशिफल

बुधबार, ११ पुस २०७५, ०६ : २१
बुधबार, ११ पुस २०७५

वि.सं.२०७५ साल पौष ११ गते । बुधबार । ईश्वी सन् २०१८ डिसेम्बर २६ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । पौष कृष्ण पक्ष । तिथि चतुर्थी,२१ घडी ३० पला,दिउँसो ०३ बजेर ३० मिनेट उप्रान्त पञ्चमी । नक्षत्र अष्लेषा,२९ घडी २२ पला,बेलुकी ०६ बजेर ३९ मिनेट उप्रान्त मघा । योग विष्कुम्भ,४१ घडि २५ पला,बेलुकी ११ बजेर २८ मिनेट उप्रान्त प्रिती  । करण बालव,दिउँसो ०३ बजेर ५६ मिनेट उप्रान्त कौलव,रातको ०२ बजेर १९ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा राक्षस योग । चन्द्रराशि कर्कट,बेलुकी ०६ बजेर ३९ मिनेट उप्रान्त सिंह । 

काठमाडौंमा सूर्योदय ०६ बजेर ५४ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १४ मिनेट । दिनमान २५ घडी ५० पला । 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राजनीति तथा समाजसेवामा समय खर्च हुदा आफ्नो काम थाति रहनेछ । कृषि तथा पशुपालनमा गरिएको लगानिबाट मनग्गे आम्दानि हुनेछ । अध्ययन तथा अनुशन्धानमा अलि बढि समय खर्चिए सकारात्मक नतिजा हात लाग्नेछ । आमा वा आमा सरहका मानिससँग अलग्गिएर लामो यात्रा गर्नु पर्दा मनमा खिन्नता पैदा हुनेछ ।  माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिचको सम्बन्धमा थप बिश्वास थपिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बिभिन्न अवसरहरुको उपयोग गरि यथेष्ट धन तथा सम्पति कमाउँन सकिनेछ । आफन्त तथा दाजुभाईहरुको सहयोगमा सामाजिक काम गरि नाम तथा दाम कमाउँन सकिनेछ । मनोबल मजभुत हुँने हुनालेशाहशिलो काम गर्न सकिने तथा खेलकुद तथा यस्तै गतिबिधिमा सम्लग्न भई अगाढि बढ्न सकिनेछ । माया प्रेममा नजिकिने समय रहेकोछ भने जीवनसाथिको सहयोगले नयाँ कामको थालनि गर्न सकिनेछ । पढाई लेखाईमा सुधार भएर जानेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आफन्त तथा कुटुम्बसँग व्यावहार गर्दा वा कुनै पनि काम गर्दा सावधानि अपनाउँनु होला कामहरु बिग्रने तथा मनमुटाब पैदा हुन सक्छ । समय मध्ययम रहेकोले परिबन्धमा परिने तथा झै झगडा हुने अधिक सम्भावना रहेकोछ । माया प्रेममा अविस्वास बढ्नाले मन खिन्न हुनेछ । पारिवारिक माहोलमा मिठो मसिनो भोजन गर्ने अवसर जुर्ने भएपनि खानपानको तालमेल नमिल्दा सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउनेछ । पढाई लेखाईमा अल्छि गर्नाले अरुभन्दा पछि परिनेछ ।
     
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पार्न सकिने तथा व्यापार व्यावसायमा लगानि गरि यथेष्ट लाभ लिन सकिनेछ । काम गरि अरुलाई प्रभावित पार्न सकिनेछ भने समाजमा मान सम्मानमा बृद्धि भएर जानेछ । अध्ययनमा प्रगति हुनेछ भने अरुलाई पछि पार्दै नतिजा आफैतिर ल्याउँन सकिनेछ । राजनिति गर्नेहरुले राज्यबाट पद पाउने समय रहेकोछ । विलाशि वस्तुको प्रयोग मार्फत अरुको मन लोभ्याउन सकिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अनाबस्यक ठाउमा श्रम तथा शक्ति खर्च हुन सक्छ , ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला, सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ख्याल गर्नुहोला । भुलेर गलत काम नगर्नुहोला तुरुन्त दण्ड तथा सजाय हुन सक्छ । लामो दुरिको विदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ भने विदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा धोका तथा मनमुटाव हुनेछ ।
  
कन्या (टो,पा,पी,पू ,ष,ण,ठ,पे,पो) साथिभाई तथा नाता गोताबाट सहयोग पाईने हुनाले हरेक क्षेत्रमा अगाडि बढ्न सकिनेछ । भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ । माया प्रेममा आत्मियता बढ्नेछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । पैत्रिक धन तथा सरकारि सम्पति प्रयोग गरि आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सम्मानित काम सम्पादन गर्न सकिनेछ भने रुपैया पैसा प्रशस्त कमाउँन सकिनेछ । व्यापार व्यावसायमा सोचेभन्दा अढिनै आम्दानि हुँने हुँदा नयाँ क्षेत्रमा लगानि गर्न जागर आउँनेछ भने रोजगारिका अवसरहरु सिर्जना गर्न सकिनेछ । जागिर पाउँने तथा गरिरहेको ठाउँमा बढुवा हुँने प्रशस्त सम्भावना रहेकोछ । अध्ययन तथा अध्यापनमा सहकर्मिको साथले नयाँ कुराको खोज तथा अनुशन्धान गर्न सकिनेछ भने सार्थक नतिजाले उत्साह जगाउँनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफ्नो रितिरिवाज जोगाउने काममा समय खर्च हुनेछ । सामाजिक काम गरि समाजमा नाम तथा दाम दुबै कमाउन सकिनेछ । पढाई लेखाईमा सुधार भएर जाने तथा आफन्तहरुलाई खुसि पार्न सकिनेछ । नया काम पाउने तथा बढुवा हुने योग रहेको छ । व्यापार व्यावसायमा लगानि बढाई प्रसस्त नाँफा कमाउने समय रहेको छ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागि दिन उत्तम रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) परिवार तथा आफन्तजन सँग मनमुटाब बढ्नेछ भने पति पत्नि तथा माया प्रेममा अबिस्वास सिर्जना हुनेछ । सवारि साधन तथा यात्रा गर्दा बिषेश ध्यान दिनुहोला दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । बिद्या तथा प्रतिश्पर्धामा सफलता पाउँन निकैनै मेहनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछ भने आफन्त तथा बिस्वास गरेकैहरुबाट धोका हुनेछ । 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु पढाउँन सकिनेछ । भौतिक सम्पति तथा मानव निर्मीत वस्तुहरु प्राप्तिको गतिलो योग रहेकोछ । लामो समय देखि भेट नभएका मित्रहरु सँग भेट हुनेछ भने माया प्रेममा आत्मियताको बढोत्तरि हुनेछ भने रमाईलो यात्राको तय हुनेछ । बिद्यार्थिहरुले अध्ययनमा सफलता पाउँनेछन् भने गुरुहरुको राम्रो सहयोग पाईने हुँदा गन्तब्य पहिल्याउँन सहज हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पढाई लेखाईमा प्रतिष्पर्धिहरुलाई हराउँदै नतिजा तपाई आफ्नै पोल्टोमा पार्न सकिनेछ । सत्रु परास्त हुँनेछन् भने तपाईको खैरो खन्नेहरु  आफै साईड लाग्नेछन् । बिवादित बिषयहरुको निर्णय तपाई आफ्नै पक्षमा आउँने हुनालेखुसिले उचाई नाघ्नेछ । पुराना सापटि तथा लेनदेनका मुद्दाहरु सल्टाउँन सकिने हुँदा मन प्रशन्न रहनेछ । माया गरेको मानिसबाट उपाहार प्राप्तिको योग रहेकोछ ।

मीन (दी,दू ,थ,झ,ञ ,दे,दो,चा,ची) भौतिक वस्तुहरुको प्रयोग गर्न पाईने तथा आकस्मिक धन सम्पति प्राप्त हुने हुदा सुखसागरमा रमाउने समय रहेकोछ । शिक्षामा सुधार भई बिगतका कमजोरिलाई सच्याउदै चाहेको गन्तव्य पहिल्याउन सहज हुनेछ । छुट्टिएका माया प्रेमहरु पुनह जोडिने अधिक सम्भावना रहेकोछ भने नयाँ प्रेम प्रस्ताव आउनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धि पेशा व्यावसायबाट मनग्गे धन कमाउन सकिनेछ । आफन्त तथा सन्तानले प्रगति गरि तपाईलाई सम्झनेछन् । 

तपाईको दिन शुभ रहोस् ।         
यूवा ज्योतिषि डिपि भण्डारी    
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न।९८०८३०७२७५
नोटः चिना तथा टिप्पन बनाउन,चिना हेराउन तथा वास्तु सँग सम्वन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप