चितवनमा कृषि मेला हुने, १८ देशको सहभागिता रहने
काठमाडौं–कृषि क्षेत्रको समस्त बिकास गर्ने उद्देश्यले मिडिया स्पेस सोलुसन्स प्रा.लि ले बिगत का वर्ष हरु झैं यस वर्ष पनि कृषि सम्बन्धी बृहत अन्तराष्ट्रिय प्रर्दशनी गर्ने भएको छ । ‘तेस्रो एग्रिटेक २०१९’ नाम दिइएको प्रदर्शनी यही माघ ११, १२ र १३ गते प्रदेश नं.३ अन्तरगत भरतपुर को चितवन एक्स्पो सेन्टरमा आयोजना हुने भएको छ ।
प्रर्दशनीमा नेपाल, भारत, चिन लगायत का बिभिन्न १८ देश का कृषि सम्बन्धी कम्पनीहरुद्वारा १५० भन्दा बढी स्टल रहने ब्यहोरा मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक श्रीजल भट्टराईले बताए । उक्त प्रर्दशनीमा कृषिका बिभिन्न बिधाहरु कुखुरा पालन, माछा पालन, बाख्रा पालन, गाई भैंसी पालन, डेरी लगायत कृषि का नविनतम औजार, उपकरण, केरा खेती थोपा सिचाई, र बिसादी रहित कृषि का बारेमा तालिम एवं गोष्ठी समेत संचालन हुने कम्पनीका प्रबन्ध निर्देशक भट्टराईले बताए ।
प्रबन्ध निर्देशक भट्टराईका अनुसार उक्त प्रर्दशनीमा देश भरीका लग भग एक लाख भन्दा बढी उद्यमी अनुसन्धान कर्ता, विधार्थी, संघ संस्था का प्रतिनिधी लगायत कृषकहरुले उक्त प्रर्दशनी अवलोकन गरी ज्ञान लिनु हुने बिश्वास दिएका छन् ।
निःशुल्क अवलोकनको व्यवस्था गरिएको उक्त प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्याउने साना साना औजार, मेसिन देखी लिएर कृषि, डेरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने ठूला ठूला उपकरणहरुको प्रदर्शनी लगायत डेमो पनि गरिने बताउदै नेपालको कृषि क्षेत्रको यान्त्रीकरणमा सहयोग पुर्याउन यो प्रदर्शनी कोशेढुंगा सावित हुने आयोजक मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक सर्जल भट्टराईले बताए ।
प्रर्दशनीलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना नेपाल किसान महासंघ, नेपाल कृषक समूह महासंघ, नेपाल कृषि सहकारी संघ, नेपाल पोल्ट्री महासंघ, चितवन उद्योग संघ लगायतका बिभिन्न संघ संस्थाहरु ले सहयोगीको भूमिका निभाई रहेको कुरा भट्टराई बताए ।