आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अबको अनसन नेताबिरुद्ध : डा गोविन्द केसी

पुष २५ अगाडि नै सत्याग्रह बस्ने चेतावनी
सोमबार, २३ पुस २०७५, १३ : ००
सोमबार, २३ पुस २०७५

काठमाडौँ । डा. गोविन्द केसीले आफूसँग भएको सहमतिविपरित चिकित्साशास्त्र विधेयक अघि बढाएको भन्दै सच्चाउन माग गरेका छन् ।

डा. केसीले सोमबार पत्रकार सम्मेलन गर्दै आफ्नो १५ औँ सत्याग्रहका बेला संसदमा विचाराधिन चिकित्सा शिक्षा विधेयक निश्चित संशोधनसहित पारित गर्ने, उपत्यका बाहिर विभिन्न ठाउहरुमा सरकारी मेडिकल कलेजहरु खोल्नेलगायतका सहमतिविपरित विधेयक पारित गरेकोमा आपत्ति जनाएका हुन् । 

पत्रकार सम्मेलनमा केसीले भने, ‘विधेयक अघि बढाउने क्रममा तथाकथित साम्यवादी नेता र उपसमितिका सदस्यहरुले चलखेल गरेर जनतामुखि बुँदा हटाएर माफियामुखी बुँदा थपेर विधेयक पारित गरेकोमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।’ 

पत्रकार सम्मेलनमा विचरित प्रेस विज्ञप्तिमा केसीले भनेका छन्, ‘एकातिर देशका अधिकांश जनता बसोबास गर्ने ग्रामिण क्षेत्रका हरेक नागरिकले सर्वसुलभ रुपमा सवास्थ्य उपचार पाउन भनेर गाउँमा सरकारी मेडिकल तथा अस्पतालहरु खोल्नुपर्छ भनेर हामी लड्दै आएका छौँ, अर्कोतिर सोही क्षेत्रबाट निर्वाचित सांसद र शीर्ष नेताहरु नागरिकका लागि नभएर माफिया र दलालको स्वार्थ पक्षपोषण गर्नतर्फ लागेका छन् । उनीहरुको यो उदेश्य कदापी पुरा हुन दिने छैनौं ।’

सरकारले मनपरितन्त्रले स्वास्थ्य र शिक्षा क्षेत्रमा सेवा भन्दा पनि ब्यापारीकरण गरेको भन्दै प्रधानमन्त्रीले अनावश्यक ठाँउमा बजेट खर्च गर्ने गरेको केसीको आरोप छ । उनले जनताको कर बाट चलेको सरकारले जनताको सवालमा काम नगरेको बताए ।

डा. केसीले संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापतिले सार्वजनिक रुपमै आफुसँग भएको सहमतिअनुरुप नै विधेयक पातिर हुन्छ भनेकाले पौष २५ सम्मका लागि सारेको भन्दै सम्झौता विपरित उपसमितिले पठाएको प्रतिवेदन समितिले अविलम्ब नसच्चाए पुष २५ अगाडि नै सत्याग्रह बस्ने चेतावनी समेत दिएका छन् । 

डा. केसीले अबको अनसन नेताबिरुद्ध हुने दाबी समेत गरे ।

‘बहुमतको सरकारले जनता मार्ने काम गरेको छ । माग जस्ताको त्यस्तै कार्यन्वयन गर्नु पर्छ नत्र अब बश्ने अनसन राजनीतिक नेताविरुद्ध हुनेछ,’ उनले भने ।

यस्तो छ विज्ञप्ति

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप