मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

२ नम्बर प्रदेशको चुनाव असोज २ मा गर्न प्रस्ताव, बाँकी प्रदेशको मनोनयन दर्ता आइतबार

बिहीबार, ०१ असार २०७४, १६ : ४६
बिहीबार, ०१ असार २०७४

काठमाडौं– सरकारले दुई नम्बर प्रदेशको चुनाव आगामी असोज २ गतेको लागि सार्न निर्वाचन आयोग समक्ष औपचारिक प्रस्ताव गरेको छ । मन्त्रिपरिषद् बैठकले  असोज २ मा दुई नम्बर प्रदेशको चुनाव गराउन आग्रह गर्दै आयोगलाई पत्र पठाउने निर्णय  गरेको छ । 


बिहिबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले १, ५ र ७ नम्बर प्रदेशको चुनाव भने असार १४ मै गर्ने निर्णयलाई यथावत राखिएको सरकारका प्रवक्ता गोपालमान श्रेष्ठले जानकारी दिए । 


यस्तै असार १४ गते हुने निर्वाचनको लागि मनोनयन गर्दा गराउने मिति  पनि असार ४ गतेलाई सार्ने मन्त्रिपरिषद् बैकले निर्णय  गरेको उनले बताए । 


श्रेष्ठले राजपापनि   असार १४ गतेको निर्वाचनमा सहभागि हुने विश्वास व्यक्त गर्दै मुलुकमा आगो बल्न नदिन सरकारले यो कदम चालेको बताए । उनले भने, मुलुकमा आगो बल्न नदिन सरकारले यो कदम चालेको हो । निर्वाचन नसारिएको भए मुठभेडको ठूलो खतरा थियो । त्यसैले सरकारले सुझबुझपूर्ण निर्णय गरेको हो ।’ 
मन्त्रिपरिषद् बैठकअघि राजपा र सत्तारुढ दलबीच  आज मध्यान्ह भएको सहमति अनुसार निर्वाचन आयोगसँग सरकारले परामर्श गरेको थियो । 


प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा सरकारले आगामी असोज २ गतेको लागि प्रदेश नम्बरको २ को चुनाव सार्न आयोगलाई अनुरोध गरेको थियो । 
बैठकपछि प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले सबै तयारी पूरा भएकाले आफूहरुले सबै प्रदेशमा असार १४ मै चुनाव हुनुपर्छ  भन्ने धारणा राखेको बताए । तर सरकारले भने आगामी असोज २ गतेको लागि प्रदेश नम्बर २ को चुनाव सार्न प्रस्ताव गरेको  बताए । 


उनले प्रदेश नम्बर २ नम्बर बाहेक बाँकी १, ५ र ७ नम्बर प्रदेशको चुनाव असोज १४ मै हुने र मनोनयन दर्ताको समय भने असार ४ गते आइतबारको लागि सार्ने निर्णय भएको बताए । यसअघि मनोनयन दर्ताको समय भालि अर्थात असार २ गतेको लागि तय गरिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप