चीनले पहिलो पटक चन्द्रमामा उमार्यो बिरुवा, अब आलूको पालो
चीनले चन्द्रमामा पहिलो पटक कपासको बिउ उमार्न सफल भएको छ । चीनको तर्फबाट चन्द्रमामा पठाएको रोवर चांगी–४ मा कपासको बिउ उम्रिएको हो ।
वैज्ञानिकले मंगलबार यसबारे जानकारी दिएका हुन् । उनीहरुले चाँडै नै आफूको बिउ पनि उमार्ने आशा राखेका छन् ।
कपासको बिउ डिब्बा भित्र उम्रिएको होः
चोंगकिंग विश्वविद्यालयका एडभान्स टेक्नोलोजी रिसर्च इन्स्टिच्युटबाट जारी तस्बिरको सिरिज अनुसार यो कपासको बोट एउटा डिब्बाभित्र भएको जालीदार ढाँचामा उम्रिएको हो ।
यो प्रयोगको डिजाइनको अगुवाई गर्ने शाइ गेंगशिनले भने, ‘यो पहिलो मौका हो, जब मानिसले चन्द्रमाको सतहमा बिरुवाको विकासका लागि प्रयोग गरे । चांगी–४ जनवरी ३ तारिखमा जनवरीमा चन्द्रमाको सबैभन्दा टाढाको भागमा उत्रिएको थियो ।
First in human history: A cotton seed brought to the moon by China's Chang'e 4 probe has sprouted, the latest test photo has shown, marking the completion of humankind's first biological experiment on the moon pic.twitter.com/CSSbgEoZmC
— People's Daily, China (@PDChina) January 15, 2019
आलू र तोरीको बिउ पनि पठाइयोः
चोंगकिंग युनिभर्सिटीका वैज्ञानिकले भने, ‘हामीले पानी र माटोले भरिएको एउटा डब्बा पठाएका थियौं जुन १८ सेन्टिमिटरको छ । योभित्र कपास, आलू र तोरीको बिउ पठाइयो । विश्वविद्यालयले अन्तरिक्षयानबाट पठाइएको तस्बिरमा कपासको बिउ राम्रोसँग विकसित भइरहेको देखे तर अहिलेसम्म अन्य बोट उम्रिएको बारे अबर छैन ।
चीनले चन्द्रमाको पछिल्लो भागमा उतार्यो अन्तरिक्षयानः
चीनले जनवरी ३ मा चन्द्रमाको पछिल्लो (धर्तीबाट नदेखिने) भागमा आफ्नो अन्तरिक्षयान चांगी–४ उतार्यो । चन्द्रमाको यो हिस्सामा पहिलो पटक कुनै अन्तरिक्षयान उत्रिएको हो । धर्तीबाट चन्द्रमाको एउटै हिस्सा मात्र देखिन्छ ।
अहिलेसम्म अमेरिका, रुस र चीनले नै चन्द्रमाको त्यो हिस्सामा अन्तरिक्षयानमा उतार्न सकेको छ जुन पृथ्वीबाट देखिन्छ ।