मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

आजको राशिफल

बुधबार, ०९ माघ २०७५, ०६ : ४१
बुधबार, ०९ माघ २०७५

काठमाडाैं - वि.सं.२०७५ साल माघ ०९ गते । बुधबार । ईश्वी सन् २०१९ जनवरी २३ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । माघ कृष्ण पक्ष । तिथी तृतीया,५३ घडी ५२ पला । नक्षत्र मघा,४५ घडी ३३ पला,रातको ०१ बजेर १० मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग सौभाग्य,४८ घडी ४७ पला,रातको ०२ बजेर २७ मिनेट उप्रान्त शोभन । करण वणिज,बेलुकी ०५ बजेर ३९ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा चर योग । चन्द्रराशि सिंह । काठमाडौंमा सूर्योदय ०६ बजेर ५६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३५ मिनेट । दिनमान २६ घडी ३७ पला । 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययनमा मन जानेछ भने सफल हुँने सुत्र पत्ता लगाउँन सकिने हुँदा नतिजा आफैतिर ल्याउँन सकिनेछ । व्यापार व्यावसायमा लगानी गरी मनग्गे धन तथा सम्पति कमाउँन सकिनेछ भने स्कुल कलेजमा गरिएको लगानीबाट प्रशस्त आम्दानी हुनेछ । माया प्रेमका कोपिलाहरु फक्रियर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउँनेछ । आकस्मिक धन तथा सम्पति हात लागि हुने योग रहेको छ । आष मारेको काम बन्नाले मन प्रशन्न हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राजनीति तथा समाजसेवामा जनताको काम समयमा गर्न  नसक्दा आलोचनाको शिकार हुनु पर्नेछ । कृषि तथा सहकारी व्यावसायमा लागनी बढाई मनग्गे लाभ लिन सकिनेछ । पढाई लेखाईमा समय दिन नसकिने हुँदा अरुभन्दा पछि परिनेछ । सामान्य स्वास्थ्यसम्बन्धि समस्या आउँने तथा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ । माया प्रेममा सामान्यम मनमुटाव सिर्जना हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) नोकरीमा सम्मान तथा राजनीतिमा लाग्नेहरले विषेश पद पाउँने समय रहेकोछ । छोटो तथा अर्थपूर्ण उपलब्धिमुलक यात्राको तय गर्न सकिनेछ भने गन्तब्य पहिल्याउँदै अगाडि बढ्न सकिनेछ । न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछन् भने पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्न जोस जागर बढेर आउँनेछ । अध्ययनमा सुधार भएर जाने हुनाले साथीहरुलाई किनारा लगाउँदै अगाडि बढ्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आत्मीय मित्र तथा जीवन साथीको सहयोगले व्यापार व्यावसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ । कुटुम्बसँगको सम्बन्ध थप सुमधुर भएर जानेछ । अध्ययन तथा अध्यापनमा मन जानेछ भने प्रतिष्पर्धिहरुलाई सजिलै हराई नतिजा जित्न सकिनेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । गाएन पेशा तथा कला शाहित्यमा समय दिनेहरुले आम्दानिका स्रोतहरु बढाउन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) मान,सम्मान तथा ईज्जत प्रतिष्ठामा आँच आउन सक्छ कामगर्दा सावधानि अपनाउनु होला । व्यापार व्यावसायमा नाफा कमाउन निकै संघर्ष गर्नुपर्ला । आफन्तहरु तपाईसँग टाडिनेछन् । पतिपत्निबिच मनमुटाव बड्नेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । सोचेका तथा गरेका कामहरु समयमा सम्पन्न नहुदा मानसिक तनाव बढ्नेछ । प्रेममा धोका हुन सक्छ भने बिद्यामा प्रगती गर्न निकै मेहनेत गर्नुपर्नेछ । 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) अस्वभाविक खर्च बड्ने हुँदा मन चिन्तित रहनेछ । शारीरिक कष्ट तथा आखाँमा समस्या देखिन सक्छ । मान सम्मान तथा ईज्जत प्रतिष्ठा गुम्ने खतरा रहेको छ सजक रहनुहोला । व्यापार व्यावसायमा नाफा कमाउँन निकैनै सघर्ष गर्नुपर्ला । वैदेशिक क्षेत्रसँग सम्बन्धित व्यावसाय भने फस्टाएर जानेछ । विद्यामा सोचे जस्तो प्रगति गर्न निकै समय कुर्नु पर्नेछ । आफन्त तथा परिवारजन तपाईदेखि टाँडिन सक्छन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त जन तथा दाजुभाइबाट प्रशस्त सहयोग पाइएला । माया प्रेममा सामिप्यता बडेर जानेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानी हुनेछ । तरल पदार्थ जस्तै हाइड्रो, पानी जस्ता उद्योग व्यावसायमा लगानी गर्दा उचित प्रतिफल पाइनेछ । सवारी साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ । परिवार तथा सन्तानको प्रगतीमा मन प्रशन्न हुनेछ । विद्यामा तपाईले गरेको मेहनेत खेर जाने छैन ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) प्रतिष्पर्धीहरु परास्त हुँनेछन् भने नयाँ काम पाउँने तथा नोकरीमा बुढुवा हुने योग रहेको छ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने पछिसम्म आम्दानी भइरहने व्यावसायमा लगानी गरी रोजगारीको अवसरहरु सिर्जना गर्न सकिनेछ । अध्ययनमा विजय हुने योग रहेकोछ भने अन्य साथीहरुलाई किनारा लगाउँदै पुरस्कार हात पार्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले पद पाउँने समय रहेकोछ । 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सुरु गरिएका सामाजिक कामहरु समयमा नै सम्पन्न हुने हुदा मान सम्मानमा वृद्धि भएर जानेछ । विशिष्ट व्याक्तिहरलाई आफ्नो बहसमा ल्याएर काम लिन सकिनेछ । व्यापार व्यावसायमा थोरै लगानी गर्दा पनि मनग्गे धन आर्जन गर्न सकिनेछ भने समयले साथ दिने हुँदा पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । खोज तथा अनुशन्धानका समय लगासन गर्नेहरुले सकारात्मक नतिजा हासिल गर्न सक्नेछन् भने माया प्रेममा सामिप्यत बढेर जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) माया प्रेम तथा पति पत्नीबिच केही विषयमा मनमुटाव बढ्नेछ । विद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ । धन माल हराउन तथा लुटिन सक्छ सजक रहनु होला । व्यापार व्यावसायमा नाफा कमाउँन बढी नै संघर्ष गर्नुपर्नेछ । कामका सवालमा उठ्ने गोप्यकुराहरु बहिर आउँन सक्ने हुनाले सजक रहनु पर्नेछ । दिदीबहीनीसँग मनमुटाव बढ्नेछ भने समयमा काम नसकिने हुँदा मानसिक चिन्ता बड्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे धन तथा धातु संग्रह गर्न सकिनेछ । पढाई लेखाईमा सफलता प्राप्त हुनेछ भने अध्ययनकै लागि राम्रो स्थानमा स्थानान्तरण हुने अधिक सम्भावना रहेकोछ । माया प्रेममा एक अर्काको भावना बुझ्न सकिने हुँदा एउटै बाटो हिड्न सकिनेछ । भौतिक सम्पति जुट्नुको साथै बिलासी जीवन व्यातित गर्न सकिनेछ ।

मिन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पढाई लेखाईमा प्रतिष्पर्धीहरुलाई हराउँदै नतिजा तपाई आफ्नै पोल्टोमा पार्न सकिनेछ । सत्रु परास्त हुनेछन् भने तपाईको खैरो खन्नेहरु आफै साइड लाग्नेछन् । विवादित विषयहरुको निर्णय तपाई आफ्नै पक्षमा आउने हुनाले खुसीले उचाई नाघ्नेछ । पुराना सापटी तथा लेनदेनका मुद्दाहरु सल्टाउन सकिने हुँदा मन प्रशन्न रहनेछ । माया गरेको मानिसबाट उपाहार प्राप्तिको योग रहेकोछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप