आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पार्टी कार्यालयमै नेविसंघबाट घेरिए देउवा (तस्बिरसहित)

बिहीबार, १० माघ २०७५, १३ : ३५
बिहीबार, १० माघ २०७५

काठमाडौंँ–पूर्वनिर्धारित कार्यक्रम अनुसार काँग्रेसको केन्द्रीय समिति बैठक आज ११ बजेलाई बोलाइएको थियो । 

सोही समयलाई ख्याल गर्दै काँग्रेस नेताहरु ११ बजेबाटै पार्टी कार्यालय सानेपा पुगेका थिए । 

तर, सभापति शेरबहादुर देउवा भने निर्धारित समयभन्दा २ घण्टा ढिलामात्रै पार्टी कार्यालय पुगे । २ घण्टा ढिला पुग्दा पनि देउवा सहजै बैठकस्थलमा छिर्न भने पाएनन् । 

म्याद थपेको विरोधमा नेसिंघको असन्तुष्ट समुहले पार्टी कार्यालयमा प्रदर्शन गर्ने खवर देउवाले थाहा नपाउने कुरा थिएन । त्यही भएर देउवा बिहीबार निर्धारित समयभन्दा २ घण्टा ढिलोगरी कार्यालय पुगेका थिए । 

तर, ११ बजेदेखि नै नारावाजी गरेर बसेका नेविसंघ कार्यकर्ता देउवालाई कुरेर बसिरहे । जव देउवा १ बजे पार्टी कार्यालय पुगे असन्तुष्ट नेविसंघ कार्यकर्ताले चर्को नारावाजी सुरु गरे र देउवालाई घेराउ गर्न थाले ।

नारावाजी सुनेका देउवा गाडीबाट ओर्लदै दुई हात जोडेर कार्यालय छिरेका थिए ।   

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप