आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीलाई काँग्रेसको प्रश्न : बहुमत र विवेक कुन प्रधान प्रधानमन्त्रीज्यू ?

शुक्रबार, ११ माघ २०७५, ११ : १४
शुक्रबार, ११ माघ २०७५

काठमाडौं– लामो समयदेखि चर्चामा रहेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक आज संघीय संसदमा पेश हुँदैछ । 

यसअघि संसदमा यो विधेयक प्रस्तुत गर्न नै नदिने रणनीति अनुसार संसद बैठक अवरुद्ध गर्दै आएको प्रतिपक्षको रणनीति संसद बैठक बस्न केही घण्टा बाँकी हुँदासमेत बदलिएको छैन । 

यता, सत्तापक्ष जसरी पनि विधेयक संसदमा प्रस्तुत गर्ने र पारित गर्ने तयारीमा छ । दुवैपक्षले यो विषयलाई आ–आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । सत्तापक्ष जसरी पनि विधेयक प्रस्तुत गर्ने र प्रतिपक्ष प्रस्तुत गर्नै नदिने रणनीतिमा लागेकाले आजको संसद बैठकलाई महत्वका साथ हेरिएको छ । 

बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ । 

संसद बैठक अघि दुवैपक्ष आन्तरिक छलफलमा केन्दीत छन् । काँग्रेसले १२ बजे संसदीय दलको बैठक बोलाएर नयाँ रणनीति बनाउने जनाएको छ भने सत्तापक्षले पनि प्रतिपक्षले संसद बैठकअअबरुद्ध गरे कसरी अघि बढ्ने भनेर आन्तरिक गृहकार्य गरिरहेको सत्तारुढ दलका प्रमुख सचेतक देव गुरुङले बताए । 

यसैबीच काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सत्तारुढ दललाई हिटलरसँग तुलना गरेका छन् । उनले शुक्रबार बिहान आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्–‘हिटलरसँग बहुमत थियो । विवेकलाई बली चढाएपछि उनको अवशेष बाँकी रहेन । बहुमत र विवेक कुन प्रधान प्रधानमन्त्री ज्यु ?’ 

त्यस्तै उनले संसदमा मुठभेड हुने संकेत गर्दै सभामुखको भुमिकामा संसदमा के हुने भन्ने निक्र्योल हुने बताएका छन् । उनले लेखेका छन् ‘आज के हुन्छ र हुनुपर्छ ? त्यो सत्तापक्षको प्रस्तुती र सभामुखको व्यवहारमा निर्भर रहनेछ !’

त्यस्तै शर्माले माथेमा कार्यदलको प्रतिवेदन बमोजिम अघि बढ्न  या अघिल्लो सरकारको अध्यादेशमा टेक्न या डा केसिसंग आफैंले गरेको सम्झौता पालना गर्न सरकारलाई सुझाव दिएका छन् ।  उनले डा केसीका नाममा कात्रो उन्ने दुस्साहसले राजनैतिक वुर्मयाङझ निम्त्याउने भन्दै नम्र भाषामा विनम्र चेतावनी भन्दै ‘होसियार !!’ रहन सरकारलाई भनेका छन् । 

यसअघि काँग्रेसले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोख्रेललाई रोष्ट्रममै जान नदिएपछि विधेयक पेश हुनै सकेको थिएन । आज पनि कांग्रेसले मन्त्रीलाई रोष्ट्रममा जान नदिए बसेकै ठाउँबाट भएपनि विधेयक पेश गर्न लगाउने र पारित गराउनेसम्मको तयारी सत्तापक्षले गरेको छ । उता, प्रतिपक्ष काँग्रेसको हिजो बसेको बैठकले पनि सत्तापक्षले जर्वजस्ती गरे प्रतिपाद गर्ने निर्णय गरेकाले मुठभेड हुने संकेत प्रश्टै देखिएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप