आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

डा. गोविन्द केसीको पक्षमा मगर अनसन बस्दै

शुक्रबार, ११ माघ २०७५, १२ : ३३
शुक्रबार, ११ माघ २०७५

काठमाडौँ– अनसनरत प्रा.डा. गोविन्द केसीको पक्षमा कैलालीका एक युवाले अनसन बस्ने तयारी गरेका छन् । 

कैलालीका विद्यार्थी खेम बहादुर मगर केसीको पक्षमा अनसन बस्नका लागि गत १० दिन पहिला काठमाडौँ आएको बताउँछन् ।

उनले आज दिउँसो ३ बजे सिंहदरबार अगाडिको सडकमा अनसन बस्ने तयारी रातोपाटीलाई जानकारी दिए । मगरले १६ दिनअघिबाट अनसन बस्दै आइरहेका प्रा.डा केसीको मागको समर्थन गर्दै ६ बुँदे माग अघि सारेका छन् । 

डा. केसीको माग जायज भएको र सरकारले उनको माग अक्षरस पालना गर्नुपर्ने मगरको माग छ । २३ वर्षिय मगरले ‘म अर्काे डा. केसी’ नाम दिएर अनसन बस्न लागेको जनाएका छन् ।  
 
यस्ता छन् मगरका माग–


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप