आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दुई राप्रपाबीच माघ १८ गते एकीकरण गर्ने सहमति, राणा र लोहनी दुबैजना अध्यक्ष

मङ्गलबार, १५ माघ २०७५, १५ : ३१
मङ्गलबार, १५ माघ २०७५

काठमाडौं– पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र प्रकाश चन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीबीच एकीकरण गर्ने समझदारी भएको छ । 

लोहनी र राणासहितका पदाधिकारीबीचको वार्ताबाट एकीकरण गर्ने समझदारी बनेको राप्रपा स्रोतले जनाएको छ । 

राप्रपा प्रजातान्त्रिकका प्रवक्ता राजेन्द्र गुरुङले  माघ १८ गते १ बजे राष्ट्रियसभा गृहमा एकीकरण घोषणा कार्यक्रम राखिएको पुष्टि गरे । 

यस्तै एकीकृत राप्रपा राष्ट्रवादीका सहायक प्रवक्ता जनकराज पाठकले लोहनी र राणा दुबै अध्यक्ष रहने गरी एकीकरण गर्ने समझदारी भएको रातोपाटीलाई जानकारी दिए । 

उनका अनुसार हिन्दुराष्ट्र र राजसंस्थाको मुद्दाका विषयमा ठोस धारणा बनाउन एकीकरणको एक महिनाभित्र अन्तरिम विधान तयार गरिनेछ । 

दुई वर्षअघि तत्कालिन राप्रपाबाट र राप्रपा नेपालबीच पार्टी एकता भएर कमल थापाको नेतृत्वमा राप्रपा गठन भएको भएपछि आन्तरिक खिचतानीका कारण सुरुमा लोहनी पार्टीबाट बाहिरिएका थिए भने त्यसपछि राणाले पार्टी विभाजन गरेका थिए । 

कमल थापासँग पार्टी एकीकरण अघि भने लोहनी र राणा एकै पार्टीमा थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप