आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भेट्न पुगेका कमल थापासँग पारसले अङ्ग्रेजीमा भने– ‘नाउ आई एम गुड’

मङ्गलबार, १५ माघ २०७५, १६ : ४४
मङ्गलबार, १५ माघ २०७५

काठमाडौं । हृदयघात भइ  उपचाररत पूर्व युवराज पारस शाहको स्वास्थ अवस्था बुझ्न राप्रपा अध्यक्ष कमल थापा मंगलबार नर्भिक अस्पताल पुगेका छन् । 

अस्पताल पुगेका थापाले पारससँग संक्षिप्त कुराकानी गरे । अध्यक्ष थापालाई देख्नासाथ पारसले अङ्ग्रेजीमा ‘नाउ आई एम गुड’ भन्दै प्रतिक्रिया जनाएको राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौलाले रातोपाटीलाई जानकारी दिए । 

हिजो दुखाई धेरै भएपनि अहिले कम हुँदै गएको र केही दिनमै  अस्पतालबाट डिस्चार्ज हुने जानकारी पाएको पारसले बताएका थिए । 

अध्यक्ष थापाले स्वास्थ लाभको कामना भन्दै नमस्कार गर्दा फेरि पारसले पुनः ‘आई एम गुड’ भन्दै  थापालाई धन्यवाद दिएको बर्तौलाले जानकारी दिए । 

अध्यक्ष थापा पारसलाई भेटेर फर्किने क्रममा ढोकामा नै पूर्वरानी कोमल शाहसँग पनि जम्काभेट भएको थियो । 

 सो अवसरमा राजपरिवारका अन्य सदस्यहरुसँग अध्यक्ष थापाको छोटो भलाकुसारी भएको बर्तौलाले बताए । 

अस्पताल परिसरमा राखिएको स्वास्थ लाभको पुस्तिकामा पनि थापाले हस्ताक्षर गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप