आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

३३ किलो सुन तस्करी प्रकरण : श्रेष्ठविरुद्ध १४ करोडको मुद्दा दायर

मङ्गलबार, १५ माघ २०७५, १६ : ५३
मङ्गलबार, १५ माघ २०७५

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, भन्सार कार्यालयका रेडियो अपरेटर श्यामकृष्ण श्रेष्ठले गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै विशेष दालतमा मुद्दा दायर गरेको छ ।

श्रेष्ठविरुद्ध अख्तियारले १४ करोड ६१ लाख २४ हजार ४ सय ७८ रुपैयाँ ८८ पैसा विगो दावी गर्दै मङ्गलबार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । 

उनले गैरकानूनी सम्पत्ति आर्जन गरेको भनि आयोगमा परेको उजुरीका आधारमा उनलाई जरिवाना र कैद सजाय दुबै माग गरेको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालयमा हुँदा ३३ किलो सुन तस्करीको अभियोगमा २०७३ साल पुस २७ देखि निलम्बनमा परेका थिए ।

साथै श्रेष्ठको जेठी श्रीमति तारावेवी श्रेष्ठ, कान्छी श्रीमती रेखा श्रेष्ठ, बुबा ज्ञानकृष्ण श्रेष्ठ, आमा चन्द्रदेवी श्रेष्ठ, भाइ रामकृष्ण श्रेष्ठ र बुहारी रविना प्रधानाङगको नाममा आफूले गैरकानुनी रुपमा आर्जेको सम्पति राखेकाले उक्त सम्पत्ति जफत गर्न अख्तियारले माग गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप