आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

समृद्धि सरकारको कोरा नारा मात्रै : सहमहामन्त्री लावती

बुधबार, १६ माघ २०७५, १६ : ४०
बुधबार, १६ माघ २०७५

काठमाडौं । युवा विद्यार्थीका सम्बन्धमा सरकार नीतिविहीन रहेको कारण समृद्धि केवल नारामा सीमित रहने राप्रपा (प्रजाान्त्रिक) सहमहामन्त्री सगुन सुन्दर लावतीले ठहर गरेका छन् ।

‘देशको आधाभन्दा बढी जनसंख्या १९ वर्ष मुनिका छन् । १८ देखि ४० वर्ष उमेरका अर्थात कुल नेपाली जनसंख्याको६२ प्रतिशतयुवा छन् । तथापि सरकारको कुनै ठोस युवा नीति छैन, प्राथमिकता छैन । उर्जा, जोश जाँगर, शीप, शिक्षा र हौसला राख्ने युवा समुदायलाई विकासको मूलधारमा समेटीएको छैन । यस मानेमा नयाँ नेपालर समृद्धि कोरा नारा साबित भएका छन्,’ नेता लावतीले भने ।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (प्रजातान्त्रिक) नेसनल कजेल अफ इन्जीनियरिङ ईकाई समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लावतीले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा पृथ्वी जयन्तीको अवसरमा विद्यार्थी संगठनद्वारा आयोजित भलिबल प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रमलाई सम्बोन्धन गर्दै लावतीले राष्ट्र निर्माताको शालिक भत्काएर अघि बढेको परिवर्तनको क्रम उल्टो बाटो हिडेको, यसरी नेपाल नयाँ नबन्ने, सकारकात्मक परिवर्तन प्राप्त नहुने बताए ।

देशले विकल्पको रुपमा सशक्त राष्ट्रवादी शक्तिको माग गरेको भन्दै, यसै लक्ष्य र चाहना पूरा गर्ने क्रममा राप्रपा (प्रजातान्त्रिक) र एकीकृत राप्रपा (राष्ट्रवादी) बीच एकीकरण हुने उनले बताए । राष्ट्रिय सभा गृहमा माघ १८ गते पार्टी एकताको घोषणा हुने उनले जानकारी गराए ।

राप्रबिसं (प्र) का अध्यक्ष धनशुर शाहीले नेपालको शिक्षा क्षेत्र माफियाहरुको चंगुलमा फसेको, बहुमत प्राप्त सत्तारुढ दलहरु माफियाको गोटी बनेको कारण विद्याथीहरुको भविष्य अंधकार रहेको धारणा प्रस्तुत गरे ।

स्ववियु निर्वाचन भाँड्न कम्युनिष्ट पार्टीको विद्यार्थी संगठन नै लागी परेको शाहीले आरोप लगाए ।


नेसनल कजेल अफ इन्जीनियरिङ ईकाई समितिका अध्यक्ष अमृत पराजुलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा संगठनका प्रवक्ता एन्टीसंघर्ष राईले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप