आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पार्टी एकताको फाइनल गरेर राणा र लोहनी पारस शाह भेट्न पुग्दा...

बुधबार, १६ माघ २०७५, १७ : ०२
बुधबार, १६ माघ २०७५

काठमाडौं– एकाएक हृदयघात भएपछि पूर्वयुवराज पारस शाह सोमबार नर्भिक अस्पताल भर्ना भए । उनी अहिले पनि नर्भिक अस्पतालमा उपचाररत छन् । 

पारस शाह अस्पताल भर्ना भएको एक दिनपछि स्वास्थ्य अवस्था बुझ्न राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणा र एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनी अस्पताल पुगे । 

यही माघ १८ गते दुई पार्टीबीच एकता गर्ने फाइनल गरेर म‌ंगलबार अपरान्ह लोहनी र राणा एकसाथ पारस शाह भेट्न नर्भिक अस्पताल पुगेका थिए । 

लोहनी र राणा आफूलाई एकसाथ भेट्न आएकोमा खुसी व्यक्त गर्दै पारसले ‘आइ एम फाइन नाउ । इट इज गुड टु सी यू टुगेदर’ भन्दै धन्यवाद दिएको राप्रपा प्रजातान्त्रिक स्रोतले जनाएको छ । 

यसअघि मंगलबार नै पारस शाहलाई भेट्न राप्रपा अध्यक्ष कमल थापा पनि नर्भिक अस्पताल पुगेका थिए । 

यसैबीच शाहको स्वास्थ्य सुधारोन्मुख र स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।

उनलाई आज अपरान्ह सी.सी.यु. बाट क्याविनमा सारिएको अस्पतालका प्रेस सल्लाहकार आरपी मैनालीले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप