आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री कार्यालयका सचिव सवार गाडीको चाबी नेविसंघले खोस्यो

शनिबार, १९ माघ २०७५, १५ : ४६
शनिबार, १९ माघ २०७५

काठमाडौं– नेपाल विद्यार्थी संघका नेता–कार्यकर्ताले प्रधानमन्त्री कार्यालयका सचिव सवार गाडीको चाबी नियन्त्रणमा लिएका छन् । 

शनिबार राजधानीको लाजिम्पाटबाट नेविसंघ महामन्त्री कुन्दनराज काफ्ले निकटका केन्द्रीय सदस्य सुशील भट्ट, निरञ्जन थापा, गणेश सापकोटा, सुवास घिमिरे, सन्तोस गुरुङ, सुशान्त आचार्य र सुवोध ओलीलगायतका नेविसंघका नेता कार्यकर्ताको टोलीले प्रधानमन्त्री कार्यालयका सचिव शिशिर कुमार ढुंगाना सवार गाडीको चाबी नियन्त्रणमा लिएका हुन् । 

शनिबार बिदाका दिन पनि गाडी चलाइएको भन्दै प्रढुंगाना चढेको बा१ झ ९९९५ नम्बरको गाडीको चाबी उनीहरुले खोसेका थिए । 
यस्तै मे १झ १५१ नम्बरको गाडीसहित अरु ५ वटा गाडीका चाबी पनि उनीहरुले नियन्त्रणका लिएका छन्।

नेविसंघका केन्द्रीय सदस्य भट्टले शनिबार बिदाकाे दिन चलाइएका ७ वटा  गाडीको चाबी नियन्त्रणमा लिइएको जानकारी दिए । 

उनका अनुसार साँझ गाडीको चाबी ट्राफिक प्रहरीलाई बुझाइने छ । आजै नेविसंघ कार्यकर्ताले गण्डकी प्रदेशको कास्कीमा एउटा सरकारी गाडी जलाएका थिए।

संघले पूर्वघोषित आन्दोलन अनुसार शनिबार सरकारी गाडी चल्न नदिने निर्णय गरेको थियो । 

नेविसंघले जलायो कास्कीका जिल्ला शिक्षा अधिकारीको गाडी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप