आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेसद्वारा संसदीय सुनुवाई समिति बैठक बहिस्कार

आइतबार, २० माघ २०७५, १३ : २०
आइतबार, २० माघ २०७५

काठमाडौं– काँग्रेस सांसदहरुले संसदीय सुनुवाई समितिको बैठक बहिस्कार गरेका छन् । 

काँग्रेस सांसदहरुले संवैधानिक निकायका प्रमुखहरुको नाम अनुमोदन गर्न सिंहदरवारमा आइतबार बोलाइएको समितिको बैठक बहिस्कार गरेका हुन् । 

उनीहरुले संविधान विपरित विपक्षी दलको नेता सहभागी नभई विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरेको भन्दै समिति बैठक बहिस्कार गरेका हुन् ।

समितिमा काँग्रेस सांसदहरु ज्ञानेन्द्र बहादुर कार्की, जितेन्द्र नारायण देव, भिमसेनदास प्रधान र पुष्पा भुषाल सदस्य रहेका छन् । 

उनीहरुले बैठक अगावै समितिमा असहमति पत्र दर्ता गरेर बहिस्कार गरेको घोषणा गरेका हुन् । 

माघ ७ गते बसेको संवैधानिक परिषद्को बैठकले बिभिन्न ५ वटा आयोगका अध्यक्षहरूको नाम सिफारिस गरेको थियो ।  

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा शान्तराज सुवेदी, मधेसी आयोगमा डा. विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुकुमार चौधरी र मुस्लिम आयोगको अध्यक्षमा समिम अन्सारीको नाम सिफारिस गरेको थियो ।

काँग्रेस सांसदहरुको बहिस्कारका बीच बसेको बैठकले उजुरीका लागि १० दिनको समय दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप