बुटवल कृषि मेलाको आकर्षण : १३८ किलोको बोको
बुटवल– रुपन्देहीको बुटवलस्थित बुटवलममण्डवमा आजदेखि कृषि मेला सुरु भएको छ । सो कृषि मेलामा विभिन्न आकर्षणहरु देखिन्छन् । त्यसमध्ये अर्घाखाँचीबाट प्रदर्शनीका लागि ल्याईएको १ सय ३८ किलोको बोको पनि बनेको छ ।
अष्ट्रेलियन मुलको बयर जातको उक्त पाठो सन्धीखर्क नगरपालिका–११ ,डिभर्नास्थित जालकाँडा बाख्रा समुहका दुर्गा अर्यालले प्रदर्शनीका लागि ल्याएका हुन् । ‘यो त सानो हो– अर्यालले भने, ‘यो भन्दा ठुलो १ सय ६५ किलोको अर्को पाठो त घर मै छ हिड्न नसक्ने भएर नल्याएको हुँ, यस्ता १० वटा माउ पाठा पालेको छु, यस बोकाको मासुको मूल्य प्रति किलो एक हजार पर्दछ भने पाठीको ६ रुपैयाँ पर्ने गरेको छ ।’
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र बुटवल उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा आजदेखि २६ गते सम्म चल्ने मेलामा अन्य विभिन्न आकर्षक कृषि उपजहरु पनि राखिएको छ । ‘बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने मुल नारा रहेको मेलाको प्रदेश नम्वर ५ का मुख्यमन्त्री शंकर पोखरेलले उदघाटन गरेका थिए ।