आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सरकार समृद्धिको बाटोमा हिँड्न सकेन :  प्रदीप पौडेल

सोमबार, २१ माघ २०७५, २१ : ०४
सोमबार, २१ माघ २०७५

दमाैली- प्रमुख प्रतिपक्ष कांग्रेसले आज सरकारविरुद्ध देशव्यापी विरोधसभा र प्रदर्शन गरेको छ । सरकारले जनविरोधी काम गरेको भन्दै कांग्रेसले आज देशैभरी विरोध कार्यक्रम गरेको हो ।
नेपाली काङ्ग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको विरोध सभामा बाेल्दै नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले सरकार समृद्धिको बाटोमा हिड्न नसकेको आरोप लगाए । 

काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले काङ्ग्रेसलाई गाली गरेर मात्रै देश समृद्ध नबन्ने बताए । उनले दुई तिहाइ सरकारलाई असफल हुने छुट नरहेको भन्दै सरकारले राम्रो काम गर्नुपर्ने बताए। प्रतिपक्षी दलको नेताको उपस्थिति बिना संवैधानिक परिषद्ले गरेको निर्णय बदर नभएसम्म काङ्ग्रेसले आन्दोलन जारी राख्ने र वाइडबडी छानबिनकै क्रममा रहेको भन्दै भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउन कांग्रेस प्रतिबद्ध रहेको पौडेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप