मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

टाटाको एसहुपर टिपर नेपाली बजारमा

आइतबार, १५ साउन २०७४, १८ : ०५
आइतबार, १५ साउन २०७४

काठमाडौं– सिप्रदी ट्रेडिङ प्रालिले टाटा मोटर्सको एस हुपर टिपर नेपाली बजारमा ल्याएको छ । नेपाल ल्याएको सो टिपरको आइतबार भव्य कार्यक्रमबीच उद्घाटन गरिएको छ । 

कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रा.लिका प्रमुख संचालन अधिकृत राजेश प्रसाद गिरीले बढ्दो शहरीकरण, जनसंख्याको चाप, पूराना तथा साँघुरा सडक भएको देशमा फोहोरमैला सहज रुपमा संकलन गर्न र व्यवस्थापन गर्न एस होपर टिपर भरपर्दो विकल्प रहेको जानकारी गराए । 

कार्यक्रममा फोहोर मैला व्यवस्थापन संघका पदाधिकारी लगायत टाटा मोटर्सको प्रतिनिधिको उपस्थिति रहेको थियो । 

बलियो डिजाईन र मजबुत लिन्केजेसहरु भएको यो गाडीले ८५–९० डिग्रीसम्म ढल्काएर फोहोरमैला अर्को गाडीमा खन्याउन सक्ने बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप