आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आँशु पुछ्दै अष्ट्रेलियामा पवन गिरीले भने, ‘बाबु आमालाई खुसी बनाएँ’

मङ्गलबार, २९ माघ २०७५, १० : ५१
मङ्गलबार, २९ माघ २०७५

आफ्नै कथा र ब्यथा बिच जनताको मन्चबाट छानिएर नेपाल आइडलको प्रतिस्पर्धामा छानिएका प्रमुख ६ गायक गायिकाहरू शुक्रबारको प्रस्तुति दिन  सिड्नी आइपुगेका छन्।

शुक्रबार सिड्नीको टाउनहलस्थित सार्क होटलमा हुने सांगीतिक कार्यक्रममा सहभागी हुन उनीहरु कोरियाबाट बिहिबार सिड्नी आइपुगेका हुन्।

अष्ट्रेलियाका पर्थ, व्रिसबेन र मेलबर्नमा आयोजित सांगीतिक कार्यक्रमम सकेर उनीहरु कोरिया पुगेका थिए। अस्ट्रेलियाको सांगीतिक यात्रामा रहेका नेपाल आइडलको दोस्रो संस्करणका विजेता रवि ओडसँगै, विक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी, अमित बराल र पवन गिरी कार्यक्रममा सहभागी हुने छन्।

सिड्नीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल आइडलका विजेता रवि ओडले अन्य शहरमा जस्तै सिड्नीमा पनि आफूहरूले दर्शकको माया पाउने बताए।

सुदूर पश्चिमको विकट गाउँमा जन्मेर तराई झरेको ओडको परिवारले यतिखेर नेपाल आइडलपछि नया मोड लिएको ओडले बताए।

परिवारमा बाबुले लोक भाकामा गीत गाउने गरेकाले आफू सानैदेखि गीत संगीतमा लागेको उनले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप