सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

करिष्माका गाला छुँदा आत्तिएका मेकअप आर्टिष्टका नजरमा दर्जन अभिनेत्री

सोमबार, १६ साउन २०७४, १३ : २३
सोमबार, १६ साउन २०७४

सेलिब्रेटीसँग फोटो खिचाउन, अटोग्राफ लिन आम मानिसले ठूलै सङ्घर्ष गर्नुपर्छ । अमृत मरहठ्ठा त्यस्ता भाग्यमानी मध्येका एक व्यक्ति हुन्, जसले सेलिब्रेटीका गाला, ओठ र आँखामा सजिलै आफ्ना हात पुर्याउने अवसर पाउँछन् । अमृतलाई यो अवसर उनको पेसाका कारणले मिलेको हो । उनी नेपाली चलचित्र क्षेत्रका टप फाइभमध्ये एक मेकअप आर्टिष्ट हुन् । चितवन गुन्जानगर वडा नं. ५ मा स्थायी बासिन्दा उनी १४ वर्षदेखि मेकअप कलाकारका रूपमा कलाक्षेत्रमा क्रियाशील छन् । विस ०५६ बाट चलचित्र क्षेत्रलाई आफ्नो कर्मथालो बनाउँदै आएका अमृतको पहिलो  चलचित्र ‘औँठाछापा’ हो ।

अहिलेका चर्चित छायाँकार पुरुषोत्तम प्रधानको कारणले चलचित्र क्षेत्रमा मेकअप कलाकारका रूपमा होमिएका उनले ३५ चलचित्र र १०० भन्दा बढी म्युजिक भिडियो, दर्जन हाराहारीका छोटा चलचित्र र थुप्रै फोटोसुटमा समेत काम गरेका छन् । कलाकारलाई चलचित्रको भूमिकाअनुसार राम्रो देखाउनेदेखि डरालाग्दो देखाउनेसम्मको मेकअप गर्न माहिर उनले पाँच सयबाट सुरु भएको पारिश्रमिक अहिले १ लाखसम्म पुगेको छ । मेकअप आर्टिसको कामले सन्चो, बिसन्चो केही भन्न नपाइने गुनासो गर्ने उनी चलचित्रमा मेकअप आर्टिसको जति भ्यालु हुनुपर्ने हो, त्यो हुन नसकेको गुनासो पोख्दछन् । कामको सिलसिलामा अहिलेका वरिष्ठदेखि कनिस्ट कलाकारसम्मको मेकअप गर्न भ्याएका उनीसँग सांस्कृतिक कार्यक्रम र फेसन सोमा समेत काम गरेको अनुभव पनि धेरै छ । यी नै मेकअप कलाकार अमृतका नजरमा चलचित्र क्षेत्रका दर्जन अभिनेत्री ।

रेखा थापा 
रेखा थापासँग चलचित्रमा काम गर्ने अवसर त मिलेको छैन । एकपटक ‘मेरो सिनेमा डटकम’को एक तस्बिर सुटका लागि काम गरेको थिएँ । उहाँसँग मेरो त्यो नै पहिलो भेट थियो । सो समय म धेरै व्यस्त भएकाले केही समय उहाँले कुर्नुपर्यो । उहाँलाई मेकअप गर्न पाउँदा रमाइलो फिल भयो । ‘मेकअपमा इन्टरफेयर गर्ने सेलिब्रेटीमा रेखा पनि हो । मेकअप आर्टिसलाई खसालेर तल्लो स्तरको व्यवहार गर्नुुहुन्छ’– यस्तो मैले सुनेको थिएँ । तर मलाई त्यो लागेन । रेखाको आखा चिम्सो छ । ठूलो देख्ने हिसाबले गाजल लगाउनुपर्छ । उहाँले कन्टोरमा विषेश ध्यान दिनुपर्छ । मेकअप सुहाउने हिरोइनमध्ये एक रेखा पनि हो । उहाँको अनुहारमा रहेको कोठी पनि हाइलाइट गर्नुपर्ने हुन्छ । मैले भन्नुपर्दा उहाँले आँखाको मेकअप अलिकति डार्क गरेर लिपलाई ब्राइट गर्नुभयो भने राम्रो देखिन्छ । कोठी डार्क भएकाले लिपिस्टिक डार्क सुहाउँदैन । आँखाको पछाडि मस्कारा भोलुम गरेर पूरै गाजल लगाउँदा राम्रो देखिनुहुन्छ । उहाँ मेकअप सेन्स भएकी अभिनेत्री पनि भन्न रुचाउँछु ।

केकी अधिकारी  

केकीसँग दुई तीनवटा प्रोजेक्टमा मात्र काम गर्ने अवसर मिलेको छ अहिलेसम्म । ‘सावित्री’ भन्ने छोटो चलचित्र पनि गरेको छु । ‘महानगर’ भन्ने चलचित्रमा काम गर्ने कुरा थियो । आफ्नै व्यस्तताले भ्याइनँ । केकीको बाटुलो फेस छ । फेस लाम्चो देखाउन अगाडि भन्दा पनि साइडको पछाडि मेकअपमा मिहिनेत गर्नुपर्छ । उहाँ मेकअप खुल्ने अभिनेत्रीमा पर्नुहुन्छ । केकीलाई मेरो विचारमा पार्टी मेकअपभन्दा पनि नर्मल केमअप नै सुहाउँछ । पूरै गाजल, मस्कारा, न्युड कलरको आइस्याडोको साथमा हल्का पिङ्क लिपिस्टिक लगाउँदा केकी निकै राम्री देखिनु हुन्छ । मेकअफमा काम गर्ने मान्छेलाई इन्टरफेयर गर्ने, ओभरटेक गरेर जान्ने हुने काम उहाँबाट कहिलै भएको छैन । आफ्नो क्यारेक्टर अनुसार मेक गर्न पूरै जिम्मा दिने अभिनेत्री उहाँ । 

प्रियङ्का कार्की 
प्रियङ्कासँग ‘अनागत’, ‘कबड्डी कबड्डी’, ‘कलिउड’लगायत आधा दर्जनभन्दा माथि चलचित्र र केही म्युजिक भिडियो गरेको छु । प्रियङ्का मेकअपमा ब्रान्ड कन्सेन्स भएकी अभिनेत्री हुनुहुन्छ । मेकअपको क्वालिटीका लागि उहाँले सधँै ध्यान दिने गर्नुहुन्छ । उहाँको कुरो सही पनि हो । मेकअपमा जुन पायो त्यही ब्रान्ड प्रयोग गर्यो भने क्वालिटी नै आउँदैन । यी कुरा राम्ररी बुझ्नुभएको छ अभिनेत्री प्रियङ्का । उहाँ आफै मेकअप गर्नुहुन्छ, मेकअपका सामान आफैले बोकेर ल्याउनुहुन्छ । आफूसँग नभएको मात्र हामीले दिने हो । नमिलेको, नजानेको सिकाउँदा सजिलै स्वीकार्नु हुन्छ । समय र परिस्थितिअनुसार कहिले काहीँ मेकअप कम्परमाइज मेकअपको सामग्रीमा काम गर्नुपर्ने हुन्छ । त्यो परिस्थितिमा उहाँसँग काम गर्न गाह्रो छ । राम्रो ब्रान्डको सामान सुटिङमा प्रयोग हुँदैछ । नेपालमा पनि पाइँदैन, नर्मल मेकअप आर्टिस्टको विदेशबाट सामान मगाउने क्षमता हुँदैन । नेपालमा नै उपलब्ध भएको प्रयोग गर्ने हो । मेरो विचारमा उहाँले ब्रान्ड कन्सेस नभई फेस नबिग्रिने सामान प्रयोगमा जोड दिनुपर्छ । सबै प्रकारका  मेकअप सुहाउने अभिनेत्री उहाँ । उहाँको फेसमा धेरै काउन्टर गर्नुपर्दैन । उहाँको नाक मिलाउन मिहेनत गर्नुपर्छ । उहाँको नाक अलिकति लामो छ । उहाँलाई ग्ल्यामर, क्युट र बोल्ड सबै प्रकारको मेकअप गर्न सकिन्छ । सुहाउँछ पनि । डार्क आइस्याडो र न्युड लिपिस्टिकमा उहाँलाई धेरै राम्रो देखिन्छ । 

निता ढुङ्गाना 


मेकअप म्यानलाई काम गर्न सजिलो अभिनेत्री निता पनि हो । मैले उहाँसँग ‘पञ्चायत’ चलचित्र र धेरै म्युजिक भिडियोमा काम गरेको छु । केही चलचित्रसँगै काम गर्ने कुरो भए पनि मिलेन । मेकअप म्यानको जिम्मामा आफूलाई पूरै छोड्ने अभिनेत्री उहाँ । सिम्पल गाउँले साधारण मेकअपदेखि सबै प्रकारको मेकअप राम्रो हुन्छ । बडी फिगरको हिसाबले धेरै ग्ल्यामर मेकअप राम्रो देखिँदैन । क्युट मेकअप बढी सुहाउने अभिनेत्री उहाँ । हल्का आइस्याडो, दुवै आँखामा गाजल, पिङ्क लिपिस्टिक धेरै सुहाउने अभिनेत्री । नितालाई मस्कारा र गाजल धेरै राम्रो देखिन्छ ।

शिल्पा पोखरेल 
शिल्पासँग म्युजिक भिडियोमा धेरै काम गरियो । चलचित्र भन्नुपर्दा ‘लज्जा’ मात्र हो । जोड्दा प्रसङ्ग नमिल्ला शिल्पा र रेखा लगभग उस्तै उस्तै हुन् ।  फेसको हिसाबले मात्र फरक । शिल्पाको मेकअप गर्न जग काउन्टर धेरै चलाउनु पर्छ । उनलाई रेड लिपिटिक, फुल गाजल र हाफ मस्कारा धेरै सुहाउँछ । यसमाथि पनि ह्वाइट लाइनर भए अति उत्तम । मेकअप सेन्स नभएकी अभिनेत्रीभन्दा फरक पर्दैन । मेरो बुझाइमा उनी सिम्पल अभिनेत्री । ब्रान्ड कन्सेस पनि नभएकी, जे राम्रो लाग्यो, जे आफूलाई सुहाउँछ, केही नसोची प्रयोग गर्ने । शिल्पाले मेकअपमा गाजल नछुटाउँदा राम्रो, गाजल लगाउनु भएन भने उहाँले जति नै मेकअप गरे पनि अधुरो जस्तो देखिन्छ ।

नम्रता श्रेष्ठ 
वास्तवमा मलाई सबैभन्दा राम्री लाग्ने अभिनेत्री । सबै शरीर मिलेको । मेरो दुर्भाग्य भनौँ वा के भनौँ उहाँसँग एकचोटि भन्दा काम गर्ने अवसर पाएको छैन । ‘मिस यु’ भन्ने चलचित्रमा उहाँसँग काम गरेको थिए । मेकअप गर्न सबैभन्दा सजिलो अभिनेत्री । मेरो मात्र होइन । उहाँप्रति धेरैको यो धारणा पाइन्छ । फेस, नोज र फेसको बनावट सबै मिलेको । मेकआर्टिसले उहाँको आँखामा मात्र मिहेनत गर्नुपर्छ । उहाँको आँखाको साइज अलिकति सानो छ । मेकअफ भनेकै आँखामा गर्ने हो । ‘एक पटक मेकअप गर्दै थिएँ । उहाँले दाइ तपाईंले मेकअप गरेको मूर्ति बनाएको जस्तो लागिरहेको छ । यस अगाडि कसैले यस्तो डिप्ली मेकअप गरिदिएको थिएन भन्नुभयो ।’ त्यो अहिले पनि बिर्सन सकेको छैन । उहाँलाई न्युड मेकअप सुहाउँछ । चलचित्रको भूमिका अनुसार हामीले जस्तो पनि मेकअप गर्दिनुपर्नेहुन्छ । ग्ल्यामरस मेकअप पनि सुहाउने अभिनेत्री । डार्क मेकअपमा उहाँ खुल्नुहुँदैन । आँखामा उहाँले केही गर्नुपर्दैन । साइडमा हाफ गाजल लगाउँदा मिल्छ । 

निशा अधिकारी 

निशासँग पनि फोटोसुटमा मात्र काम गरेको छु । उहाँलाई ब्राइट मेकअपमा डार्क नै मेकअप सुहाँउछ । किनभने उहाँको फेस ह्वाइट छ । फेसमा कोठी पनि छ । उहाँलाई हल्का कालो मेकअप नै सुहाउँछ । लिपिस्टिक र आइस्याडो पनि हल्का डार्क नै राम्रो देखिन्छ । सहरिया मेकअपमा राम्रो देखिने अभिनेत्री उहाँ । उहाँको अनुसारले सोही कुरो बोल्छ । 

करिष्मा मानन्धर 


करिष्मा दिदीसँग चलचित्र ‘किन किन’मा काम गरियो । उहाँको गाला छुँदा म आत्तिएर हात काँपेको थियो । दिदी आफै मेकअप पनि गर्नुहुन्छ । हामीले भनेको पनि बुझ्नु हुन्छ । ‘पहिले म मेकअप गर्छु, अनि नमिलेको ठाउँमा तिमीले  मिलाऊ’ उहाँले भन्ने शब्द हुन् यी । मेकअफ सेन्स पूरै भएको चलचित्र क्षेत्रकी एक मात्र अभिनेत्री । अलिअलि मात्र जानेको मेकअप आर्टिस भयो भने उहाँले ती व्यक्ति सिकाएर पर्फेक्ट बनाइदिनुहुन्छ । राम्रो बानी भएको अभिनेत्री उहाँ । करिष्मा दिदीलाई लाइट मेकअपमा राम्रो देखिन्छ । आँखामा डार्क र ओठमा लाइट कलरको लाइट ब्राउन्ड, डार्कपिन्टलगायतका लिपिस्टक सुहाउँछ र सौन्दर्य खुल्छ ।

ऋचा शर्मा 
ऋचा दिदीलाई फाइन मेकअप सुहाउँछ । उहाँसँग मैले धेरै चलचित्रमा काम गरेको छु । ‘लुट’, ‘लुट २’, ‘टलकजङ्ग भर्सेज टुल्के’, ‘हाइवे’लगायत थुप्रै छन् । ‘हाइवे’मा डान्सबारमा नाच्ने डान्सर केटीको मेकअप गरेको थिएँ, भने ‘लुट २’ मा सिम्पल केटीको । अभिनेत्री ऋचालाई फरक फरक मेकअप गर्ने अवसर मैले पाएको छु । उहाँलाई पनि सिम्पल मेकअप म्याच गर्छ । ग्लिज टाइप । उहाँको आँखा र फेस डार्क छ । यसले गर्दा उहाँको आँखामा ब्राइट मेकअप गनुपर्ने हुन्छ । ब्राइट कलरको आइस्याडो उहाँलाई धेरै सुहाँउछ । लिपिस्टिक भने लाइट कलरको सुहाउँछ । उहाँको फेसलाई अलिकति ह्वाइट गरेर एक्स्ट्रा मेकअप गर्न सकियो भने डार्क कलरको लिपिस्टकमा पनि राम्रो देखिनु हुन्छ । उहाँले गाजल र लिपिस्टिक चाहिँ जुनै बेलामा पनि लगाउनुपर्नेहुन्छ । नत्र नराम्रो देखिनु हुन्छ । 

वर्षा सिवाकोटी 


वर्षासँग धेरै म्युजिक भिडियोमा काम गरेको छु । उनलाई धेरै न्याचुरल मेकअप सुहाउँछ । उनी एकदमै लाइट मेकअप सुहाउने अभिनेत्री हुन् । पिङ्क लिपिस्टिक र हल्का गाजल उनलाई राम्रो देखिन्छ । फेसको आधारमा भन्ने हो भने अरूभन्दा राम्रो हिरोइन । मेकअप सेन्स भएकी अभिनेत्री पनि हुन् । हल्का रेड कलरको लिपिस्टिक, हल्का मस्कारा सुहाउने र राम्रो देखिने अभिनेत्री । गाजल लगाए पनि नलगाए पनि राम्रो । हल्का लाम्चो फेस भएकाले मसिनो टीका नछुटाउँदा धेरै राम्रो देखिन्छ ।

वर्षा राउत 
मैले उनीसँग पनि म्युजिक भिडियोमा काम गरेको छु । त्यतिबेला काम गरे जतिबेला उनी पातलो शरीरकी हुनुहुन्थ्यो । पहिले उहाँको फेसनमा हल्का मात्र कन्टोर गरे पुग्थ्यो । उहाँको स्किनअनुसार लाइट मेकअप खेलाए पुग्थ्यो । अहिले भने उहाँको मेकअपमा कन्टोर अत्यधिक खेल्नुपर्छ । जस्तो मेकअप पनि नसुहाउने अभिनेत्रीमा वर्षा एक हुन् ।
जुनै मेकअपमा सौन्दर्य खुलाउन गाह्रो पर्छ । लपिस्टिक जस्तो लगाए पनि सुहाउँछ । आँखामा गाजल र निधारमा टीका लगाउँदा उहाँ सबैभन्दा राम्री देखिनुहुन्छ । मेकअप सेन्स पनि धेरै भएकी अभिनेत्रीभन्दा फरक पर्दैन । 

सुष्मा कार्की 
सुष्मासँग ‘लुट’को आइटम र केही म्युजिक भिडियोमा काम गर्ने अवसर मिल्यो । हामीले मेकअप गर्दा धेरै ध्यान दिनुपर्ने अभिनेत्री । आँखा र नाक सानो छ । यी दुवै मेकअपले बढाउनुपर्छ । गाला पनि केही झोलिएका छन् । मेकअपले मेन्टेन गर्नुपर्छ । हाफ गाजलमा भित्रबाट ह्वाइट पेन्सिलले मिलाएर आँखाको ब्याक साइटमा धेरै भोलुम गरेर खुकुरी रम कलरको लिपिस्टिक लगाउँदा धेरै राम्रो देखिन्छ । बोल्ड मेकअप सुहाउने अभिनेत्रीमा सबैभन्दा अगाडि पर्ने । हल्का मेकअप सेन्स भएकी अभिनेत्रीमा उहाँ पर्नुहुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप