मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

आजको राशिफल

आइतबार, १२ फागुन २०७५, ०६ : १२
आइतबार, १२ फागुन २०७५

काठमाडाैं - वि।सं।२०७५ साल फाल्गुन १२ गते । आईतबार । ईश्वी सन् २०१९ फेब्रुवरी २४ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । फाग्गुन कृष्ण पक्ष । तिथि पंचमी,१३ घडी २१ पला,बिहान ११ बजेर ५६ मिनेट उप्रान्त षष्ठि । नक्षत्र स्वाती,५२ घडी ३७ पला । योग वृद्धि,३१ घडि ३८ पला,बेलुकी ०७ बजेर १५ मिनेट उप्रान्त ध्रुव । करण तैतिल,बिहान ११ बजेर ५६ मिनेट उप्रान्त गर,बेलुकी ११ बजेर २१ मिनेट उप्रान्त वणिज । आनन्दादिमा लुम्ब योग । चन्द्रराशि तुला । शिक्षा दिवस ।   

काठमाडौंमा सूर्योदय ०६ बजेर ३६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १८ मिनेट । दिनमान २८ घडी ३० पला । 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) जीवन साथिको सहयोगले नाँफा मुलक व्यावसाय सुरु गर्न सकिनेछ भने लामो दुरिको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । मानव निर्मित भौतिक सम्पति थता बिलाशि सामान प्राप्त हुँने योग रहेकोछ । पढाई लेखाईमा अरुलाई किनारा लगाउँदै आफन्त तथा गुरुहरुको नाक राख्न सकिनेछ । माया प्रेममा रामाउँन चाहनेहरुले सँगै बसेर भलाकुसारि गर्न पाउँने समय रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढाई लेखाईमा ध्यान नजादा अरु भन्दा पछि परिनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्नि सँग मनमुटाब बढ्न सक्छ । आश्वासन दिनेहरुले फसाउन सक्छन् । खुट्टा तान्ने तथा कुरा काट्नेहरु सक्रिय रहनेछन् । व्यापार व्यावसायमा लगानि गर्दा घाटा हुन सक्छ ध्यान दिनुहोला । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउने हुनाले दैनिक कामकाज गर्न गाह्रो हुनेछ । न्यायिक निर्णयहरु तपाईको पक्षमा नआउँने हुनालेकुनै पनि मुद्दा मामिलामा सामेल नहुँनु होला ।  

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिद्यामा गरिएको लगानि बाट सकारात्मक नतिजाको अपेक्ष गर्न सकिनेछ । शिक्षा क्षेत्रमा गरिएको लगानिबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने लगानि बढाउने बाताबरण बन्नेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ भने शेयर बजार तथा सट्टाको व्यावसाय फस्टाएर जानेछ । प्रेमको डोरो कसिने तथा घर परिवारमा सबैसँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पढाई लेखाईमा मन नजादा पुरस्कार तथा प्रशंसा पत्र अरुकै हातमा जानेछ । घर परिवार तथा आमासँग टाडिएर परदेशको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । माया प्रेममा नचाहादा नचाहादै छुट्टिनुपर्दा मनमा नरमाईलो महशुष हुनेछ । राजनीति तथा समाजसेवामा जनतसँग सन्तुलिन व्यावहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमि हुनेछ । कृषि तथा सहकारि व्यावसायबाट मनग्गे लाभ लिन सकिने योग रहेकोछ । 

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यावसायमा लगानि गर्दा घाटा हुँन सक्छ ध्यान दिनुहोला । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने हुनालेदैनिक कामकाज गर्न गाह्रो हुनेछ । पढाई लेखाईमा ध्यान नजादा अरु भन्दा पछि परिनेछ । माया प्रेममा धोमा हुनेछ भने पति पत्नि सँग मनमुटाब बढ्न सक्छ । दाजुभाई तथा छिमेकिसँगको सम्बन्धमा मनमुटाव सिर्जना हुनेछ । खुट्टा तान्ने तथा कुरा काट्नेहरु सक्रिय रहनेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसि भएको महशुस गर्नेछन् । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नया नया काम गर्ने जोस जागर बढेर आउनेछ । रमाईलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाँफा कमाउन सकिनेछ । अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । मिठो बोलेर अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सामाजिक काम गर्दा ध्यान दिनुहोला समयमा काम नसकिने तथा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ । पढन पाढनमा ध्यान जाने छैन भने बिभिन्न अवसर आएपनि निर्णय क्षमताको अभावले अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसाय खस्केर जाने हुनालेआम्दानिका स्रोतहरु साघुरिनेछन् । माया प्रेममा धोका तथा घरपरिवारमा आफन्तसँग घरायसि कुरामा राय बाजिनेछ ।
 
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) अनाबस्यक ठाउमा श्रम तथा शक्ति खर्च हुन सक्छ , ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला, सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ख्याल गर्नुहोला । भुलेर गलत काम नगर्नुहोला तुरुन्त दण्ड तथा सजाय हुन सक्छ । लामो दुरिको विदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ भने विदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा धोका तथा मनमुटाव हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) रुपैया पैसा कमाउने काममा सहभागि हुन सकिनेछ । व्यावसायमा प्रसस्त आम्दानि हुने तथा आम्दानिका स्रोतहरु बढेर जानेछ । पैत्रिक धन सम्पति हात लाग्ने योग रहेको छ । दाजुभाईबाट भने जस्तो सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अरुभन्दा एक कदम अगाडी बढि सफलता हात पार्न सकिनेछ ।  आफुले सोचेका तथा चाहेका वस्तुहरुको प्रयोग गर्न पाउदा मन प्रफुल्लित हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) राज्यबाट अनाबस्यक झै झमेला भोग्नु पर्नेछ भने सेवा प्रबाह गर्नेहरुले तपाईको काम समयमा नगर्दिनाले महत्वपुर्ण उपलब्धि गुम्न सक्छ । व्यापार व्यावसाय खस्केर जानेछ भने आम्दानिका स्रोतहरु साघुरा भएर जानेछन् । अध्ययन अध्यापनमा मन नजाने हुनाले उपलब्धि अरुकै पोल्टोमा पर्नेछ । माया प्रेममा सामान्य अबिश्वास सिर्जना हुने योग रहेकोछ । आफ्नो धन सम्पतिमा अरुले नै अधिकार जमान खोज्नेछन् ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगति भएर जानेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ । सरकारि तथा प्रशासनिक क्षेत्रमा तपाईको गतिलो उपश्थिति रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाई आर्थिक अवस्था सुदृड बनाउँन सकिनेछ । लामो दरिको शैक्षिक तथा धार्मिक यात्राको तय गर्न सकिनेछ । 

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बाटो हिड्दा वा सवारि चलाउँदा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । पानिसँग सम्बन्धित व्यावसाय खस्केर जाने योग रहेकोछ । स्वास्थ्यमा समस्या देखापर्ने तथा औषधि उपचार खर्च बढ्ने योग रहेकोछ । मन कमजोर हुँने हुँदा पढाई लेखाईमा मन जाने छैन भने अरुभन्दा पछि परिनेछ । परिस्थितिले ऋण लगाउँने तथा बिभिन्न समस्याहरुको सामना गर्नुपर्नेछ । घर परिवारमा आफन्तबिच मनमुटाव बढ्ने तथा माया प्रेममा गलत बुझाईले समस्या निम्त्याउँन सक्छ सचेर रहनुहोला ।

तपाईको दिन शुभ रहोस् ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप