सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

३९ क्रसर उद्योग बन्द गर्न भएको निर्देशन अवज्ञा

आइतबार, १२ फागुन २०७५, १६ : ३८
आइतबार, १२ फागुन २०७५

जनकपुर– धनुषा र महोत्तरीका विभिन्न स्थानबाट अवैधरुपमा बालुवा, गिट्टी तथा ढुंगा लगायतका नदीजन्य सामाग्री अवैधरुपमा उत्खनन भइरहेको पाइएको छ । 

दिनानुदिन क्रसर उद्योगले खोलाबाट अवैद्य रुपमा बालुवा तथा गिट्टी उत्खनन् गरेपछि ३९ क्रसर उद्योग तथा बालुवा प्रशोधन केन्द्र बन्द गराउन निर्देशन दिइएको छ । 

धनुषा र महोत्तरी जिल्ला समन्वय समितिले बिना दर्ता सञ्चालनमा रहेका ती क्रसर उद्योग तथा बालुवा प्रशोधन केन्द्रलाई तत्काल बन्द गर्न निर्देशन सहितको परिपत्र जारी गरिसकेको छ । तरसो निर्देशनको कार्यान्वयन हुन सकेको छैन। 

क्रसर उद्योगले नियमनकारी निकायलाई चूनौती दिँदै अवैधरुपमा उत्खनन गर्दै आएकाले त्यस्तो उद्योग तत्काल बन्द गर्न निर्देशन दिइएको जिल्ला समन्वयन समिति धनुषाका उपसभापति दिपक झाले जानकारी दिए ।

मापदण्ड अनुसार खोला, बस्ती, वन, राजमार्गबाट हुनुपर्ने निश्चित दूरीका साथसाथै वातावरणीय परीक्षण प्रतिवेदन समेत नरहेकाले उद्योगहरु वर्तमान मापदण्ड अनुसार नभएकै कारण बन्द गर्न दिर्नेशन दिएको उनले बताए । धनुषामा ९ क्रसर उद्योग र १८ बालुवा प्रशोधन केन्द्र सञ्चालनमा छ ।

यता जिल्ला समन्वय समिति महोत्तरीले अनुगमनको क्रममा अवैध रुपमा सञ्चालनमा रहेका १२ वटा अवैध क्रसर उद्योग बन्द गराएको छ ।
 बन्दको निर्देशन दिएपनि क्रसर उद्योग भने संचालनमै रहेका छन् । 

सिरहामा बालुवा तस्करी
यता सिरहाको लहानबाट निकासी भएका गिट्टी वालुवा सिमावर्ती क्षेत्रमा संकलन गरेर रातारात भारत पु¥याउने गरिएको छ । प्रहरी चौकी कचनारीको मातहतमा रहेको सीमा क्षेत्र नजिकै नरगीमा गाउँमा दैनिक २५ देखि ३० ट्रायक्टर बालुवा गिट्टी संकलन हुँदै भारत पु¥याइने गरिएको स्थानीयले जानकारी दिए । 

संकलित बालुवा गिट्टी कचनारीका प्रहरीको निगरानीमै ढुवानी हुने गरेको आरोप स्थानीयवासीको छ ।

वरियारपट्टी गाउँपालिकाको कजरा, कचनारी र नरगी हुँदै भारतको पिपराही पुर्याएर विहारको विभिन्न बजारमा सो वालुवा गिट्टी बेचबिखन हुने गरेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप