अधिकारीको शव पोस्टमार्टमपछि सिधै टुँडिखेलमा
बिहीबार, १६ फागुन २०७५, १३ : ०२
काठमाडौंँ–दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शव पोष्टमाटमपछि टुँडिखेलमा लगिने भएको छ ।
ताप्लेजुङबाट त्रिभुवन विमानस्थल हुँदै टिचिङ लगेर पोस्टमाटमपछि अधिकारीको शव श्रद्धान्जलीका लागि टुडिखेलमा राखिने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनका टुडिखेलमै पार्टीको झण्डा ओढाउने र श्रद्धाञ्जलिका लागि राखिने छ ।
अधिकारीसहितको शव सुकेटार विमानस्थलबाट सेनाको हेलिकोप्टरमार्फत बिहीबार अरान्ह काठमाडौ ल्याएको हो ।
शव लिन सेनाको हेलिकोप्टर बुधबार नै सुकेटार विमानस्थल पुगेको थियो । तर, मौसमका कारण उड्न सकेको थिएन ।
अधिकारीको राजकीय सम्मानकासाथ अन्त्येष्टि गर्ने मन्त्रिपरिषदले निर्णय गरिसकेको छ ।