हेलिकप्टर दुर्घटनाको उद्दारमा साहसिक काम गरेको भन्दै सेनाका ४६ जनालाई सम्मान
शुक्रबार, १७ फागुन २०७५, २२ : ५७
काठमाडौँ– यही फागनु १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनापछिको खोज तथा उद्धारमा खटिएका ४६ जनालाई प्रधानसेनापति प्रशंसा निशान प्रदान गरिएको छ ।
नेपाली सेनाका अधिकृत, पदीक तथा अन्य दर्जासहित ४६ जनाले प्रतिकुल मौसममा पनि खोजीमा देखाएको साहसिक कार्यको उच्च मूल्याङ्कन गर्दै उक्त निशान प्रदान गरिएको हो ।
महाशिवरात्रि तथा सेना दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित एक समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले उक्त प्रशंसा निशान प्रदान गरेका हुन् ।