सुनको मूल्य तोलमा ६० हजार २०० कायम
बिहीबार, २३ फागुन २०७५, १० : ५६
काठमाडौं– बिहीबार सुनको मूल्यमा गिरावत आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ ६० हजार २०० मा कारोबार भइरहेको छ ।
यसअघि बुधबार सुनको भाउ तोलमा ६० हजार ७०० मा कारोबार भएको थियो ।
यस्तै बिहीबार तेजाबी सुनको भाउ तोलमा ५९ हजार ९०० रहेर कारोबार भइरहेको छ ।
चाँदी भने आज रु ७३५ मा कारोबार भइरहेको छ। बुधबारको तुलनामा चाँदीको भाउ रु ५ ले कमी आएको हो ।