मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

स्प्राईटको रोमान्चक अफर योजना सम्पन्न

मङ्गलबार, १७ साउन २०७४, १८ : ४३
मङ्गलबार, १७ साउन २०७४

काठमाडौं – स्प्राइट उपभोक्ता प्रबद्र्धन अभियान २९ जूलाई, २०१७ मा आधिकारिक रुपमा सम्पन्न भएको छ । कम्पनीका अनुसार भव्यरुपमा सफल भएको यो अभियानमा सामसङ ग्यालेक्सी जे २ प्रो जित्न सकिने अफर राखिएको थियो भने टोपी, टिसर्ट लगायत विभिन्न किसिमका आकर्षक उपहारहरु पनि राखिएको थियो ।

यो अफर स्प्राइट, कोकाकोला र फान्टाको ५ सय मिलिलिटर, १.५ लिटर र २.२५ लिटरको खरिदमा लागू गरिएको थियो । ४ सयवटा सामसङ ग्यालेक्सी मोबाइलहरु भाग्यशाली बिजेताहरुले यो अभियान अन्तर्गत जितेका छन्  ।

सामसङ ग्यालेक्सी जे २ प्रो जित्ने बिजेताले भने, ‘मैले एउटा टेक्ट म्यासेज पाएँ र सो म्यासेजमा तपाईँले सामसङ जे २ प्रो फोन जित्नु भएको छ भनेर लेखिएको थियो । पहिले त मैले विश्वास नै गर्न सकिन किनकि म भाग्यशाली छैन जस्तो लाग्यो थियो र अहिले सम्म कुनै पनि लक्की ड्रमा मैले कुनै पनि उपहारहरु जितेको छैन । मैले त्यो कुनै भ्रामक म्यासेज भएको अनुमान गरेँ तर अन्तिममा मैले सो दिन मेरो प्यास मेटाउन स्प्राइट किनेर ल्याए बापत र स्प्राइटले मलाई नयाँ फोन उपहारमा दियो ।’
कोकाकोला कम्पनीका लागी नेपालको लागि निर्देशक, अम्बुज सिँहले भने,‘स्प्राइट प्रोमो अभियान सफलता पूर्वक सम्पन्न भएकोमा हामी निकै खुशी छौं । हामी यो अभियान भर सशक्त रुपमा आबद्ध रहेका थियौं र हाम्रा उपभोक्ताहरुबाट पाएको अपार साथबाट निकै हर्षित भएका छौं । हाम्रा उत्पादनहरुका साथमा उनीहरुको उत्साह र सन्तुष्टिलाई हामी महसुस गर्दछौं, जसले आगामी दिनमा यस्ता प्रकारका अभियान आयोजना गर्न उत्साहित र प्रेरित गरेको छ, जसले हाम्रा उपभोक्ताहरुको सन्तुष्टि र उत्साहलाई लक्षित गर्नेछ ।’


बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक पुनित भार्सनेले भने,‘यो गर्मीको मौसममा स्प्राइट उपभोक्ता अभियान हामी सबैको लागि अपार सफलता प्राप्त भएको छ । हामीले हाम्रा उपभोक्ताहरुबाट ठूलो मात्रामा उत्साहित प्रतिकृया प्राप्त गरेका छौं । दैनिक रुपमा एउटा सामसङ जे२ प्रो सेट जित्न सकिने यो अभियानबाट हामी निकै हर्षित छौं जसले बजारमा निकै ठूलो उत्साहको सिर्जना गर्न सफल भएको छ । हामी सम्पूर्ण उपभोक्ताहरु, सहभागी कम्पनीहरुर हाम्रा महत्वपूर्ण रिटेलरहरु जसले यो अभियानलाई अन्तिम उपभोक्ताहरु सम्म पुर्याउन सहयोग गरे, सबैलाई हृदयदेखि नै हार्दिक धन्यवाद दिँदै आभार प्रकट गर्दछौं ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप