मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सार्वजनिक सवारीमा प्रहरीको ‘स्टिङ’ अपरेशन (भिडियो सहित)

मङ्गलबार, १७ साउन २०७४, १८ : ५३
मङ्गलबार, १७ साउन २०७४

काठमडौं – सार्वजनिक सवारी साधनमा महिला बिरुद्ध हुने हिंसा रोक्न प्रहरीले भोलिदेखि सेफ्टीपिन अभियान संचालन गर्दैछ । काठमाडौं उपत्यकाका सार्वजनिक सवारी साधानमा महिलामाथि यौनजन्य हिंसा हुने भएपछि महानगरीय प्रहरीले महिला हिंसाबिरुद्ध बिषेश कार्ययोजना ल्याएको महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआजी बमबहादुर भण्डारीले जानकारी दिए । 


काठमाडौंमा मुख्य मुख्य बसपार्कबाट एउटा बसमा १ महिला यात्री र २ पुरुष यात्रीको भेषमा यात्रा गरेर प्रहरीले महिला हिंसाको भए नभएको अनुगमन गर्ने र दोषीलाई तत्काल प्रक्राउ गरेर प्रहरी कार्यालय पुर्याइने छ । यसका लागि यातायात व्यवसायी महासंघ, यातायात व्यवसायी संघ, वागमती अञ्चल समिति, सामुदायिक सेवा समन्वय परिषद र सामुदायिक सेवा केन्द्रहरुसँग समन्वय गरिएको डिआइजी भण्डारीले जानकारी दिए । 


यसका लागि प्रहरीले शूरुमा प्रचार प्रसार गर्ने, गाडिमा स्टिङ अप्रेशन गर्ने र महिला हिंसा गर्ने पक्राउ गरी कानुनी कारवाही गर्ने बताएको छ । अभियुक्त पक्राउ गरी प्रहरी कार्यालयमा ल्याँउनका लागि छुट्टै भ्यानको समेत व्यवस्था गर्ने तयारी भएको छ ।  महिला बालबालिका सेवा केन्द्रको सहयोगमा ३ महिनासम्म प्रहरीले यो अभियान सञ्चालन गर्न लागेको हो । 


महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी बमबहादुर भण्डारीले भने–‘भोली बुधबारदेखि नै यो अभियान शूरु गर्दैछौँ । शुरुमा तिन महिना यो अभियान चलाँउछौँ, यसको प्रभावकारीता हेरेर समय थपिन सक्छ ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप