एलजीका इन्भर्टर टेक्नोलोजीका रेफ्रिजेरेटर बजारमा
शुक्रबार, २४ फागुन २०७५, १४ : २४
काठमाडौं– एलजीले आकर्षक डिजाइनका इन्भर्टर टेक्नोलोजीका सिंगल डोर रेफ्रिजेरेटर बजारमा ल्याएको छ ।
एउटा रेफ्रिजेरेटरमा हुने सबै महत्वपूर्ण सुविधाहरु जस्तोः प्रसस्त स्पेस, टिकाउ, छिटो चिसो बनाउन सक्ने क्षमता, लामो समयसम्म खानालाई ताजा राख्ने क्षमता र कम विजुली खपत रहेको कम्पनीले बताएको छ ।
कम्पनीले रेफ्रिजेरेटरमा १० वर्षको वारेन्टी पनि दिएको छ ।