नेपाल पुलिस क्लबको गेटमै जल्यो प्रधानमन्त्रीको पुत्ला (फोटोफिचर)
शुक्रबार, ०२ असार २०७४, १० : २८
काठमाडौं – दुई नम्वर प्रदेशको चुनाव सारेको विरोधमा एमाले निटक विद्यार्थी संगठनले आज प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पुत्ला जलाएको छ ।
विद्यार्थीहरुले प्रर्दशनीमार्गस्थित नेपाल पुलिस क्लबको गेट अगाडि नै पुत्ला जलाएका हुन् ।
विद्यार्थीहरुले देउवा र प्रचण्डका विरुद्ध नाराबाजी समेत गरेका थिए ।
माउ पार्टी एमालले चुनाव सार्ने सरकारी निर्णयको हिजो नै विरोध गरेको थियो ।