ठेकेदार फरार भएपछि सुस्ताको झोलुङ्गे अलपत्र
परासी– लामो समयदेखि ठेकेदार फरार रहेपछि सुस्ताको झोलुङ्गे पुल अलपत्र परेकोे छ । बन्दी र राव मेटिरियलको अभाव देखाउँदै आलटाल गर्दै आएको ठेकेदार अहिले सम्पर्कमा नआएपछि पुल अलपत्र परेको हो ।
जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेको सुस्ताबासी पुल बन्न नसकेकाले अहिलेपनि जोखिमपूर्ण यात्रा डुंङ्गा चढेर आवत जावत गर्न बाध्य रहेको सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खानले दुखेसो पोखे ।
सुस्ता भूमि हाल पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ मा पर्द छ । नारायणी नदी (गण्डकी) पारी भारतको विहार संग जोडिएको सुस्ताभूमि र जिल्लाको सुस्ता गाउँपालिका जोड्ने गरी सरकारले ४ वर्ष अगाडी झोलुङ्गे पुलको आयोजना दिएपनि ठेकेदारको लापरवाहीले उक्त पुल निर्माण सुभारम्भ नै एक वर्ष ढिलो भएको स्थानीयले बताए ।
वर्षाैदेखि जोखिम पूर्ण यात्रा गर्दै आएका सुस्ताबासीको समस्या सामाधान गर्न सरकारले सुस्ता र पक्लिहवाँ जोडन एसियाकै दोश्रो ठूलो झोलुङ्गे पुलको आयोजना दिएको थियो ।
वि.स २०७३ पुषमा शुरु भएको उक्त झोलुङ्गे पुलको निर्माण कार्य अझै १० प्रतिशत पनि काम हुन सकेको छैन ।