ईनास युकेमा विनोद
मङ्गलबार, ०५ चैत २०७५, ११ : ४८
लण्डन । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) बेलायतको तेश्रो अधिवेशन सम्पन्न भएको छ ।
दक्षिण पुर्वी लण्डनको गोर्खा क्लब, प्लमस्टेडमा सम्पन्न तेश्रो अधिवेशनले कलाकार तथा व्यवसायी विनोद चिपालुलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएकाे छ ।
त्यस्तै उपाध्यक्षमा शिम्मी पुन , महासचिवमा सञ्जय भक्त कँडेल , सचिवमा गुणदेव घिमिरे , कोषाध्यक्षमा राजेन्द्र खस , सदस्यहरुमा सर्वेन्द्र अधिकारी ,लालमणी भट्टराई, विकेशराज बस्नेत , निरु कंडेल , रोनुस ओझा, सुशिल गुरुङ , ज्ञानेन्द्र गुरुङ , सत्य प्रजापती सर्वसम्मत चयन भएका छन् ।
रजनी सुनुवारको अध्यक्षतामा सम्पन्न अधिवेशनमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका ग्लोबल महासचिव मनिषकुमार श्रेष्ठ र संस्थाकै ग्लोबल सल्लाहकार दिपक श्रेष्ठको I विशेष सहभागिता रहेको थियो ।