मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नोकिया फोन अब नेपाली बजारमा, यस्ताछन् पछिल्ला स्मार्ट फोनका विशेषता

बुधबार, १८ साउन २०७४, १८ : २८
बुधबार, १८ साउन २०७४

काठमाडौं – नोकिया  पुनः नेपाली बजारमा आएको छ । उदाहरणीय नोकिया फोन ब्रान्ड आफ्ना स्मार्टफोनहरु लिएर विश्वव्यापी रुपमा पुनः बजारमा भित्रिएको छ ।
फिनिस कम्पनी जसले स्मार्टफोनमा नोकिया नाम रहन दश वर्षे सम्झौतामा हस्ताक्षर गरेको छ । 
नेपालमा विक्री तथा वितरण प्रवद्र्धनका लागि नोकियाले पारामाउन्ट इलेक्ट्रोनिक्स्लाई अनुबन्धित गरेको छ । पारामाउन्ट इलेक्ट्रोनिक्स् पछिल्ला समयमा पनि नोकिया फोनहरुको डिस्ट्रिव्युटर रहेको नेपालको आधिकारिक कम्पनी हो । 


पारामाउन्ट इलेक्ट्रोनिक्स् कम्पनीले नेपाली बजारमा नोकिया ३, नोकिया ५ र नोकिया ६ स्मार्ट फोन र अविस्मरणीय नोकिया ३३१० उपलब्ध गराएको छ । यी मोडलहरुमा दुई वटा सिमका स्लटहरु रहेका छन् । साथै विश्वव्यापी रुपमा रुचाइएको विशुद्ध एनड्रोइड न्युगट अपरेटिङ्ग सिष्टम पनि रहेको छ, जसका कारण प्रयोगकर्ताले गुगलले जारी गरे लगत्तै तत्काल अपडेटहरुको लाभ पाउने छन् ।

नेपाली बजारका लागी नोकियाले अति सुपथ मूल्य निर्धारण गरेको छ । नोकिया ३ को बजार मूल्य रु. १५,६५०, नोकिया ५ को मूल्य रु. २१,३५०  र नोकिया ६ को मूल्य रु.२५,६०० निर्धारण गरिएको छ । सबैको मूल्य अपेक्षाकृत ग्राहकले खरीद गर्न सक्ने खालको छ । साथै नोकियाले आधिकारीक नोकिया केयर सेन्टर पनि विस्तारित गरेको छ । 

नोकिया ३ मोवाइल ५.० इन्च एच्डी डिसप्लेको रहेको छ । यसमा क्वाडकोर १.३ गीगाहर्ज, २ जीवी ¥याम, १६ जीवी इन्टरनल स्टोरेज रहेको छ । यसमा ८ एमपीको रियर क्यामेरा र ८ एमपीको फ्रन्ट क्यामेरा, प्योर एन्ड्रोइड न्युगट ओ.एस ७.० र २६३० एम.ए.एच् ब्याट्री राखिएको छ ।
 
नोकिया ५ मोवाइल ५.२ इन्च एच् डी डिस्प्ले, क्वालाकम स्नापड्रागन ओक्टा कोर १.४ गीगाहर्ज, २ जीवी ¥याम, १६ जीवी इन्टरनल स्टोरेर्ज, पुर्ण एल्मुनियम बडी भएको हुनेछ । यसमा पनि १३ एमपीको रियर क्यामेरा, फ्रिङ्गर प्रिन्ट स्क्यानर र ८ एमपीको फ्रन्ट क्यामेरा रहेको छ । यसमा प्योर एनड्रोइड न्युगट ओ एस् ७.१.१ र ३ं००० एम.ए.एच् ब्याट्री राखिएको छ । 

नोकिया ६ का विशेषताहरु निकै प्रभावपुर्ण छन् । यसमा ५.५ इन्च पmुल एच्डी डिस्प्ले, स्नापड्रागन ४३० चिपसेट,ओक्टा कोर १.४ गीगाहर्ज, ३ जीवी ¥याम, ३२ जीवी इनटरनल स्टोरेज रहेको छ । यसको पुर्ण एल्मुनियम बडीले गर्दा यो निकै आकर्षक देखिन्छ । यसमा ८ एमपी फ्रन्ट क्यामेरा र १६ एम.पी. रियर क्यामेराका साथ फ्रिङ्गर प्रिन्ट स्क्यानर, प्योर एण्ड्रोइड न्युगट ओ एस् ७.१.१ र ३००० एम.ए.एच् व्याट्री जस्ता प्रभावशाली  विशेषताहरु रहेका छन्  ।

         नोकिया फोन ९० को दशकदेखि नै अति लोकप्रिय र चीरपरिचीत ब्रान्ड रहेको छ । ४ वर्षको अन्तरालपछि  नोकियाले पुनः आगमन घोषणा गरे लगत्तै विश्वव्यापी रुपमा नोकिया फोनको माग बढ्ने अपेक्षा कम्पनीले लिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप