मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

एप्पल वल्र्ड मोबाइलमा ‘स्मार्टफोन सट्टा–पट्टा’ मेला

बुधबार, १८ साउन २०७४, १९ : ३६
बुधबार, १८ साउन २०७४

काठमाडौं – पछिल्ला ब्राण्डेड  मोबाइलको बिक्री तथा सबैभन्दा सस्तोमा मोबाइल कारोबार गरिरहेको एप्पल वल्र्ड मोबाइलले स्मार्टफोन सट्टा–पट्टा मेला बुधबारबाट सुरु गरेको छ ।  दरबारमार्गस्थित मर्कन्टायल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वल्र्डले कुनैपनि पुराना स्मार्टफोनसँग नयाँ स्मार्टफोन सट्टा–पट्टा गर्न सहज होस् भन्ने उद्देश्यले मेला गरेको जनाएको छ ।


मेलामा पुरानो फोनको उचित मूल्य लिएर सट्टापट्टा गर्न पाइने एप्पल वल्र्डका सेल्स म्यानेजर निराजन मल्ल ठकुरीले जानकारी दिए । 
मोबाइल एक्सचेन्ज, फेस टु फेस मोबाइल मर्मत, बिश्वबजारमा पाइने सबै मोबाइल उपलब्ध गराई  टच एन्ड फिलको सुविधासहित आफ्नो कारोबार गरिरहेको एप्पल वल्र्ड मोबाइलले अन्यत्र भन्दा सस्तो मूल्यमा मोबाइलको कारोबार गरिरहेको कम्पनीको दावी छ । 


पुरानो मोबाइल भएका तथा नयाँ मोबाइल खरिद गर्न चाहनेहरुलाई यो सट्टा–पट्टा मेलाले फाइदा पुग्ने विश्वास सेल्स म्यानेजर ठकुरीले लिएका छन् ।

मेलामा नयाँ प्रविधिमार्फत फुटेको डिस्प्ले बनाउने, ६० मिनेटमै फेस टु फेस मोबाइल मर्मत गरिदिने  तथा मोबाइल खरिदमा ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिने बतएको छ ।

एप्पल वल्र्डमा सामसुङ, जियोनी, ओप्पो, लाभा, जेटटिइ , हुवावे, माइक्रोम्याक्स, पानासोनिक, ओबिआइ, वान प्लस थ्री, आइफोन, एलजी, एमआइ, मेजु, एचटिसी, युएमआइ, माइक्रोसफ्ट, लेनेभो, सोनी, कलर्स लगायतका मोबाइल ब्राण्ड उपलब्ध छन् भने अन्तर्राष्ट्रिय बजारमा पाइने मोबाइल एसोसरिज र ल्यापटपको समेत कारोबार भइरहेको छ । सट्टा पट्टा मेला हरितालिका तीजसम्म चल्ने कम्पनीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप