फोर्ड फिगोको नयाँ संस्करण २०१९ बजारमा, मूल्य २४ लाख ९९ हजार
बुधबार, २० चैत २०७५, १९ : ३३
काठमाडौं– आधुनिक जीवनस्तरलाई ध्यानमा राखेर फेर्ड फिगोको नयाँ भर्सन बजारमा आएको छ ।
फोर्ड गाडीको धौलागिरी र गण्डकी विक्रेता हिमालय अर्गनाईजेसन अन्तर्गतको अटोभेन्चरले नयाँ फोर्ड फिगो लन्च गरेको हो । गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले उक्त गाडीको बिक्री शुभारम्भ गरेका छन् ।
कम्पनीले मौलिक स्टाइल, शक्तिशाली इन्जिन, मितव्ययी र आरामदायी यात्रालाई अझ सहज पार्न २०१९ संस्करण फोर्ड फिगो बजारमा ल्याएको जनाएको छ । यसको मूल्य २४ लाख ९९ हजार तोकिएको छ ।
फोर्ड फिगोको विशेषताहरु
–नयाँ शक्तिशाली इन्जिन र १२०० भन्दा बढी परिवर्तन, आकर्षक डिजाईन
–१.२ लि. पेट्रोल र १.५ लि. डिजेल इन्जिन
–सुरक्षित प्रविधि, उत्कृष्ट ग्राउन्ड क्लियरेन्स र कनेक्टीभिटी र मनोरञ्जनका लागि ७ इन्च टचस्त्रिन
नयाँ फोर्ड फिगो २ इन्जिन र ७ रंगहरुमा उपलब्ध छ ।