दोहोरो अंकले ओर्लियो पुँजी बजार
आइतबार, १४ जेठ २०७४, २१ : २९
नेपालको पुँजी वजार आज पनि दोहारो अंकले ओर्लिएको छ । चुनावी नतिजा आउनेक्रम अन्तिम चरणमा पुग्दै गर्दा वजारले भने यो परिणामलाई स्वागत गरेको देखिदैन ।
एक सय ४५ कम्पनीको ९ लाख ८५ हजार ५ सय ५० कित्ता सेयर खरिद विक्रि भएको आज ५२ करोड ८६ लाख ७९ हजार ९ सय २२ रुपैयाँको कारोवार भएको छ । आज वजार १० दशमलव ८४ अंकले झरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
आज वजारमा बैकिङ समूहको सूचक १४.२२, विकास बैंक समूहको सूचक ५.६७, जलविद्युत समूहको सूचक १०.१३, बीमा समूहको सूचक ६५.३६ अंकले झरेको छ ।
आज होटल समूहको सूचक १२.७२, उत्पादनमुलक समूहको सूचक २०.६४ र फाइनान्स समूहको सूचक ०.११ अंकले वढेको नेप्सेले जनाएको छ ।