मृगौला पीडितलाई आर्थिक सहयोग
मङ्गलबार, १९ चैत २०७५, १२ : १५
काठमाडौँ । एनआरएनका केन्द्रीय सदस्य मनोज कुमार श्रेष्ठ ‘गोर्खाली’ र मदन अधिकारीले मृगौला पिडितलाई आर्थिक सहयोग गरेका छन् ।
काठमाडौँमा एक कार्यक्रम आयोजना गरी मृगौला पिडित धादिङका विष्णु सुनार र संजीव कंडेललाई जनही रु .एक ÷एक लाख आर्थिक सहयोग गरिएको हो ।
मार्च ८ मा संचालन गरिएको “दुर्बइ गोर्खाली नाईट २०१९” मा संकलन भएको सो रकम हस्तान्तरण गरिएको एनआरएनका केन्द्रिय सदस्य मनोज गोर्खालीले बताए ।
३४ वर्षका विष्णु सुनार र ४० वर्षका संजीवको मृगौलामा विगत एक वर्ष देखि समस्या देखिएको थियो । दुबैजना पहिला प्रेसरको बिरामी थिए भने पछि उनीहरुको मृगौलामा समस्या देखिएको बताए ।
धादिङका मनोज कुमार श्रेष्ठ (गोर्खाली) ले धादिङ जिल्लामा विभिन्न विद्यालय र समस्यामा परेको व्यक्तिहरुलाई सहयोग गर्दै आईरहेका छन् ।