बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

आज (शुक्रबार)को राशिफल

शुक्रबार, २० साउन २०७४, ०५ : २८
शुक्रबार, २० साउन २०७४

बि.स.२०७४ साउन २० गते । शुक्रबार । ईश्वी सन् २०१७ अगष्ट ०४ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । श्रावण शुक्ल पक्ष । तिथि दुवादशी,३२ घडी ५४ पला, बेलुका ६ बजेर ३९ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र मूल ४१ घडी ५ पला, बेलुका ७ बजेर ५५ मिनेट उप्रान्त पूर्वाषाडा । योग वैधृति ३५ घडि ४५ पला,बेलुका ७ बजेर ४७ मिनेट उप्रान्त विष्कुम्भ । करण वव, बिहान ५ बजेर ३९ मिनेट उप्रान्त वालव,बेलुका ६ बजेर ३९ मिनेट उप्रान्त कौलव । आनन्दादिमा स्थिर योग । चन्द्रराशि धनु ।  

काठमाडौंमा सूर्योदय ०५ बजेर २९ मिनेट, सूर्यास्त बेलुका ०६ बजेर ४९ मिनेट जादा । दिनमान ३३ घडी २० पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफुले पाएको अधिकारलाई भरपुर प्रयोग गरि उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको तय गर्न सकिनेछ । धार्मिक स्थलको भ्रमण हुँनेछ भने आफ्नो सस्कार तथा रितिरिवाजमा जोगाउँन समय लगानि गर्नुपर्ने हुँन्छ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने दाम्पत्य जीवन खुसि रहनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यावसाय तथा शेयर बजार जस्ता क्षेत्रमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । पुराना तथा थाति रहेका कामहरु सुचारु हुँनेछन् भने नयाँ काम गरि मनग्गे धन संग्रह गर्न सकिन्छ । अध्ययन अध्यापनमा सुधार गरि पुरस्कार तथा प्रशङशा पत्र जित्न सकिन्छ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने दिदिबहिनीहरुको सहयोग पाईने हुँदा कामहरु समयमानै सम्पन्न गर्न सकिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला हतार गरि प्रयोग गर्नाले अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । जीवन साथि सँगको असमज्दारिले दैनिक कामहरु प्रभावित हुँनेछन् भने माया प्रेममा नचाहादा नचाहादै टाडिनु पर्ने बाध्यता हुँनेछ ध्यान दिनुहोला । व्यापार व्यावसायमा रुपैया पैसाको व्यावस्थापन गर्न नसक्दा घाटा लाग्न सक्छ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पढाई लेखाईमा समय दिन नसक्दा नतिजा अरुकै पोल्टोमा पर्नेछ । वादबिवाद तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरु हावि हुँनाले हरेक कामहरु प्रभावित हुँनेछन् । न्यायिक निर्णयहरु तपाईको पक्षमा नआउँने हुँनाले आजको दिन यस्ता क्रियाकलापमा सामेल नहुँनुहोला । पुराना रोग तथा ऋणहरु पुनह बल्झने हुँदा मानशिक तनाब बढ्नेछ । प्रेममा एक अर्काबिच बैमनस्यता बढ्ने हुँदा छुट्टिनु पर्नेछ भने आफन्त तथा मावलि पक्षसँग बिवाद बढ्न सक्छ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पढाई लेखाईमा ध्यान जानेछ भने शिक्षा सँग सम्बन्धित व्यापार व्यावसायमा लगानि गरि प्रसस्त आम्दानि गर्न सकिनेछ । माया प्रेमका कोपिला फक्रनेछ भने छोरा छोरिको काम देखि प्रशन्न हुँने समय रहेकोछ । शेयर बजारमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ भने चिठ्ठा पर्ने अधिक सम्भावना रहेकोछ । समुदायको हितको काम गरि समाजमा नाम कमाउँन सकिनेछ । बौद्धिकताको प्रयोग गरि बिशिष्ट व्याक्तिहरुलाई बसमा पार्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) राजनिति तथा समाजसेवामा जनताको समर्थन पाईने हुँनाले राज्यबाट पद प्रतिष्ठा प्राप्त हुँने समय रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने कृषि तथा पशुपालन व्यावसायमा लगानि गरि मनग्गे लाभ लिन सकिनेछ । आमा वा अग्रजको सहयोगले राम्रा कामहरु गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारमा आफन्तसँगको सम्बन्ध सुदृड भएर जानेछ । पढ्ने लेख्ने काममा मन जाने हुँनाले जीवनमा सफल भएको महशुष हुँनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) छोटो तथा रमाईलो यात्रा हुँने भएपनि गन्तब्यमा पुग्नुभन्दा पहिलनै बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ । व्यापार व्यावसायबाट खासै आम्दानि हुँने छैन भने लगानि गर्नको लागि केहि समय पर्खनुनै राम्रो हुँनेछ । अध्ययनमा मन नजाने हुँदा अरु भन्दा पछि परिनेछ । माया प्रेममा मनमुटाव सिर्जना हुँनेछ भने जीवन साथिको असमज्दारिले दैनिक कामहरु प्रभावित हुँनेछन् । न्यायिक निर्णयहरु तपाईको पक्षमा नहाउँने हुँनाले यस्ता क्रियाकलापमा सामेल नहुँनुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफन्त तथा परिवारका सदस्यहरुसँग घरायसि कुरामा राय बाजिनेछ भने आफन्तसँग कुनै पनि कारोबार नगर्नुहोला बिवाद हुँनसक्छ । व्यापार व्यावसायमा समय दिएपनि भनेजस्तो आम्दानि नहुँने हुँदा दैनिकि प्रभावित हुँनेछ । माया प्रेममा मनमुटाव सिर्जना हुँनेछ भने घर परिवार तथा कुटुम्बसँग मनमुटाव बढ्ने योग रहेकोछ । खानपानमा बिशेष ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले मनग्गे धन सम्पति जोड्न सकिनेछ । बिलाशि तथा भौतिक सम्पतिको प्रयोग गर्न पाईने हुँनाले अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्निबिच बिश्वासको बाताबरण मजबुत हुँनेछ । अध्ययन अध्यापनमा अरुभन्दा एक कदम अगाडि बढि नतिजा आफैतिर ल्याउँन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाईने हुँनाले पद प्राप्तिको गतिलो योग रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) लामो समय देखि थाति रहेको आर्थिक मुद्दाहरु हल भएर जानेछन् । लामो दुरिको बिदेश यात्राको गतिलो सम्भावना रहेकोछ भने बिदेशमा बसेर काम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउँन सक्नेछन् । स्वदेश तथा बिदेशमा उत्पादित सामानको व्ययावसाय फस्टाएर जानेछ । पढाई लेखाई प्रगतिकै बाटोमा अगाडि बढ्ने योग रहेकोछ । माया प्रेममा सामान्य मनमुटाव सिर्जना भएपनि अन्तत एक अर्कालाई बिश्वास गर्दै अगाढि बढ्न सकिने समय रहेकोछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) आम्दानिका बाटाहरु एक्कासि बन्द हुँदा दैनिक रुपमा चलिरहेका कामहरु प्रभावित हुँनेछन् । बिवादित बिषयहरुको उठान नगनुहोला आफ्नो पक्षमा निर्णय आउँने छैन । पढाई लेखाईमा मन नजादा अरु भन्दा पछि परिने सम्भावना रहेकोछ । व्यापार व्यावसायमा लगानि गरेपनि नाँफा कमाउँन केहि समय कुर्नु पर्नेछ । अग्रज तथा दाजुहरुसँग बिनाकारण विवाद हुँने योग रहेकोछ । चाहेका बस्तुहरु समयमा उपलब्ध नहुँदा  मन खिन्न हुँनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) राज्यबाट अनाबस्यक झै झमेला भोग्नु पर्नेछ भने सेवा प्रबाह गर्नेहरुले तपाईको काम समयमा नगर्दिनाले महत्वपुर्ण उपलब्धि गुम्न सक्छ । व्यापार व्यावसाय खस्केर जानेछ भने आम्दानिका स्रोतहरु साघुरा भएर जानेछन् । अध्ययन अध्यापनमा मन नजाने हुँनाले उपलब्धि अरुकै पोल्टोमा पर्नेछ । माया प्रेममा सामान्य अबिश्वास सिर्जना हुँने योग रहेकोछ । आफ्नो धन सम्पतिमा अरुले नै अधिकार जमाउँन खोज्नेछन् ध्यान दिनुहोला ।

तपाईको दिन शुभ रहोस् । 
ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौ,

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप