एलन मस्कले किन संसारका सबैभन्दा धनी जेफ बेजोसलाई ‘कपी क्याट’ भने ?
स्पेसएक्सका संस्थापक एवं टेस्लाका कार्यकारी अधिकारी एलन मस्कले ब्लू ओरिजिनका संस्थापक एवं अमेजनका कार्यकारी अधिकारी जेफ बेजोसलाई कपी क्याटको संज्ञा दिएका छन् । अमेजनको इन्टरनेट सेटलाइन लञ्च गर्ने योजनामाथि मस्कले यस्तो टिप्पणी गरेका हुन् । मस्कले एक ट्वीटको जवाफ दिँदै ट्वीटरमा कपी लेखेर बिरालोको इमोजी पोष्ट गरेका छन् ।
अमेजनको ३,२३६ सेटलाइट लञ्च गर्ने योजनाः
अमेजनले केहि दिनअघि संसारका करोडौं जनतालाई ब्रोडब्यान्ड इन्टरनेट उपलब्ध गराउनका लागि तीन हजार दुई सय ३६ सेटलाइट लञ्च गर्ने योजनामाथि काम गरिरहेको बताएको थियो । मस्कको कम्पनी स्पेसएक्सले पछिल्लो वर्ष फेब्रुअरीमा नै यो योजनामाथि काम गर्न सुरु गरिसकेको छ ।
Now Amazon plans to launch a massive constellation of more than 3,000 internet satellites https://t.co/PIbvYqcoqW
— MIT Technology Review (@techreview) April 9, 2019
बजोस संसारका सबैभन्दा धनी व्यक्ति, मस्क ३६ औं स्थानमाः
मस्कको ट्वीरको कमेन्टमाथि बेजोसको प्रतिक्रिया अहिले सार्वजनिक भएको छैन । तर दुबैबीच ‘ट्वीट वार’ सुरु हुनसक्ने अनुमान धेरैले गरेका छन् । बेजोसको कूल सम्पत्ति ११५ अर्ब डलर हो । संसारको पाँचसय अर्बपतीको सूचीमा एलन मस्क ३६ औं स्थानमा छन् । उनको कूल सम्पत्ति २२.६ अर्ब डलर छ ।