चनाको सत्तु बजारमा, इनर्जि ड्रिङ्क वा हलुवाको रुपमा प्रयोग गर्न सकिने
मङ्गलबार, ०३ वैशाख २०७६, १६ : ३८
काठमाडौं– के.एल दुगड समूहले गर्मीको समयलाई मध्यनजर गर्दै ज्ञान ब्राण्डको आफ्नो नयाँ उत्पादन चनाको सत्तु देशभर उपलब्ध गराएको छ । हाल यो ५०० ग्रामको प्याकमा उपलब्ध रहेको छ ।
ज्ञान चनाको सत्तु उत्कृष्ट गुणस्तरको चनाबाट अत्याधुनिक मेसिनद्वारा भुटेर पिसेर मेटालिक प्याकेटमा प्याक गरिएको छ । ज्ञान सत्तुलाई पानीमा घोलेर स्वादअनुसार विरेनुन वा सादानुन, कागतीको रस, भुटेको जिरा राखी एक प्रकारको इनर्जि ड्रिङ्कको रुपमा सेवन गर्न सकिन्छ वा पानीरदुधसँग घोलेर बाक्लो हलुवाको रुपमा पनि खान सकिन्छ ।
यसबाट विभिन्न स्वादिष्ट मिठाई तयार गर्न सकिन्छ । यो पेट र पाचनको लागी राम्रो आहार हो । गर्मीको मौसममा यसको सेवनले शितलता प्रदान गर्नुका साथै शरिरमा स्फूर्ती प्रदान कम्पनीको दावी छ ।