सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पारस शाहसँग डेट जान चाहन्छु – अभिनेत्री सपना

शुक्रबार, २० साउन २०७४, १३ : ००
शुक्रबार, २० साउन २०७४

सपना लामिछाने चलचित्र ‘विन्दास लाइफ’की अभिनेत्री हुन् । यो चलचित्र केही महिनापछि सार्वजनिक प्रदर्शनमा आउँदैछ । चलचित्र पनि उनले नै निर्माण गरेकी हुन् । मानिसले कस्तो लाइफलाई विन्दस मान्ने,  विन्दास लाइफ कसरी जिउनेलगायत विषयमा निर्माण भएको यो चलचित्रमा उनी हट एन्ड सेक्सी अभिनेत्रीका रुपमा पर्दामा छाउँदैछिन् । चलचित्रले आफ्नो अभिनय करियर उकास्ने उनले बताइन् । केही चलचित्र र म्युजिक भिडियो अभिनय अनुभव भएकी सपना चलचित्र ‘फुटपाथ’बाट डेब्यु गरेकी हुन् । यसै चलचित्रबाट अभिनयको विभिन्न ज्ञान लिन आफू सफल भएको उनको भनाइ छ । टेलिभिजन भिजे हुँदै कलाकारिता रोजेकी उनी फुर्सदको समय चलचित्रसम्बन्धी किताब अध्यायन गर्न रुचाउँछिन् । ‘बिन्दास लाइफ’ अभिनेत्री सपनालाई रातोपाटीको यस्ता छन् दस प्रश्नः

अभिनयमा के सोचेर होमिनुभयो ?
–कलाकारिता एउटा सम्मानित पेसा हो । कलाकारलाई राष्ट्रको गहनाको रुपमा समेत सम्मान दिइन्छ । यो सम्मानित पेसामा केही गर्नुपर्छ भन्ने इच्छाले आएकी हुँ । यसैमा भविष्य खोज्ने विचार छ  र सङ्घर्ष गर्दैछु । 

‘विन्दास लाइफ’ चलचित्रबाट निर्माताका रुपमा पनि अगाडि आउनुभएको छ । निर्माता बन्ने सोच कसरी पलायो ?
–अभिनय मेरो रुचिको विषय हो । अभिनयमा म आइसकेकी थिएँ । आफूले अभिनय गरिरहेको चलचित्र क्षेत्रमा नै व्यवसाय गरौँ भनेर निर्माणमा हात बढाएकी हुँ । मेरो निर्माणको पहिलो चलचित्र नै ‘बिन्दास लाइफ’ हो ।

चलचित्रकी अभिनेत्री, सौन्दर्यतिर कतिको रुचि छ ?
म नारी हुँ । नारीको सौन्दर्यतिर रुचि नहुने भन्ने कुरै हँुदैन । फेरि म चलचित्रको अभिनेत्री पनि हुँ । त्यसैले सौन्दर्यमा निकै सजक छु । राम्रो बन्न प्रयोग गर्ने मेकअपका साधनदेखि सौन्दर्यका लागि आवश्यक खानपिनसम्म मैले ध्यान दिने गरेकी छु । सौन्दर्यका सामानमा ब्रान्ड कन्सेस छुइनँ म । तर आफूलाई मनपर्ने लगाउँछु । प्रायः मलाई नर्मल मेकअप मनपर्छ । मेकअपमा गाजल र लिपिस्टिक कहिल्यै छुटाउँदिन ।

कस्तो ड्रेस मनपर्छ ?
अधिकांश समय मलाई ग्ल्यामर ड्रेस नै मनपर्छ । आफ्नो सौन्दर्य झल्कने, अरुको ध्यान आफूतिर खिचिने खालका ड्रेस लगाउँछु । चलेका, समय अनुसार र मौसम अनुसारको फेसन फलो गर्छु । आफूलाई मनपर्ने पहिरन भन्नुपर्दा सारी हो । मलाई सेक्सी र बोल्ड भने हाप पाइट, टिर्स र स्कटले देखाउँछ ।

फिटनेस गर्नुहुन्छ ?
गर्छु नि । बिहान दैनिक एक्सरसाइज गर्छु । मर्निङ वाक गर्छु । जिम जान्छु । 

देखेको सपना केही छ कि ?
कलाक्षेत्रमा मेरो नाम पछिसम्म होस् भन्ने सपना देखेकी छु । त्यही सपनाले चलचित्र क्षेत्रमा हाम फालेकी हुँ । सपना साकार गर्ने प्रयास गर्दैछु । 

आफ्नो शरीरको कुन अङ्ग बढी मनपर्छ ?
– मेरो आँखा धेरै मनपर्छ । मलाई आफन्त, साथीहरु सबैले तिम्रो आँखा निकै राम्रा छन् भन्ने गरेका छन् । 

प्रेममा हुनुहुन्छ ?
–आजसम्म कोही केटालाई मन पराएको छैन ।  अहिले करियर बनाउनतिर ध्यान दिएको छुु ।

प्रेमपत्र आएको वा आउँछ कि आउँदैन ? 
– प्रेमपत्र नआउने सायद केटी हँुदैनन् होला । आउने गरेको छ । पहिलो प्रेम प्रस्ताव ९ कक्षामा पढ्दा टिचरले दिनुभयो । होकवर्क कपीमा उहाँले पत्र हालेर दिनुभएको थियो । त्यो पत्र प्रिन्सिपललाई बुझाइदिएँ । त्यो घटनाले ठूलो रुप लियो । स्कुलदेखि घरसम्म हङ्गामा भयो ।

रोजेको व्यक्तिले डेटको अफर दियो भने ?
– पूर्व युवराज पारस शाहसँग डेट जान चाहन्छु । मलाई उहाँ निकै मनपर्छ । 


‘बिन्दाश लाइफ’ चलचित्रकी अभिनेत्री तपाई । जीवन चाँही कतिको बिन्दाश पारामा अगाडि बढाइरहनु भएको छ ?
– चलचित्र भन्दा फरक छ मेरो जीवन छ । ‘बिन्दास लाइफ’ चलचित्र अभिनय गरेपनि आफ्नो जीवन भने त्यसरी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप