मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

भरतपुरमा २ बजेसम्म ६९ प्रतिशत मत खस्यो

शुक्रबार, २० साउन २०७४, १३ : १९
शुक्रबार, २० साउन २०७४

चितवन–चितवनको भरतपुर महानगरपालिका वडानम्बर –१९ मा दिउँसो २ बजेसम्म ६९.८  प्रतिशत मत खसेको छ । चितवनका प्रहरी प्रमुख दीपक थापाका अनुसार दिउँसो २ बजेसम्म जम्मा मतदाता संख्याको ६९.८  प्रतिशत मत खसेको हो । उनका अनुसार दुई वजेसम्म २ हजार ६ सय ५१ मत खसिसकेको छ । 
यहाँका कूल ३ हजार ७ सय ९७ मतदाताले ३ मतदानस्थलका ६ वटा मतदान केन्द्रबाट मतदान गर्दैै छन् । मतदान साँझ ५ बजेसम्म चल्ने र आजैबाट मतगणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । 
यो वडामा मतदान सम्पन्न गर्न मतदान अधिकृतसहित ३६ जना कर्मचारी खटिएका छन् ।  भरतपुर महानगरपालिकामा माओवादी–कांग्रेस गठबन्धनबाट रेणु दाहाल मेयरकी उम्मेदवार छिन् भने एमालेबाट देवी ज्ञवाली उम्मेदवार बनेका छन् । 
पहिलो चरण गत बैशाख ३१ मा भएको मतदानपछि मतगणनाका क्रममा मतपत्र च्यातिएपछि भएको विवादपछि यो वडामा आज पुन मतदान गरिएको हो । भरतपुरको चुनावलाई सत्तापक्ष र प्रतिपक्षले प्रष्तिष्ठाको विषय बनाएकाले अहिले सवैको चासो भरतपुरमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप