अनुसन्धानको दाबीः मरेको केही घण्टासम्म जिउँदो रहन्छ दिमागका कोशिका
वासिङ्टन । कसैको मृत्यु भएपछि पनि के उनीहरुको दिमाग सक्रिय रहन्छ ? यो प्रश्नको जवाफ खोज्नका लागि येल स्कूल अफ मेडिसिनका अनुसन्धानकर्ताले सुँगुरको मृत्युको चारघण्टापछि दिमागलाई सक्रिय गरे । जुन परिणाम पाइयो, त्यसले अचम्मित तुल्यायो । अनुसन्धानकर्ताका अनुसार मृत्युलगत्तै दिमागका कोसिकाको मृत्यु हुँदैन, यो केही हदसम्म सक्रिय रहन्छ । वैज्ञानिकका अनुसार यो शोध अल्जाइमर्स (स्मरणशक्ति कम हुनु) को उपचारमा निकै वरदान साबित हुनसक्छ ।
रगत सञ्चार रोकिँदा दिमाग मृत हुँदैनः
शोधकर्ताका अनुसार साधारणतया यो धारणा छ कि मृत्यु भएपछि रगतको सञ्चार रोकिँदा दिमागको मृत्यु हुन्छ । अनुसन्धानको क्रममा यस्तो नभेटिएको अनुसन्धानकर्ताको दाबी छ । यद्यपी, जनावरको मृत्यु भएको चार घण्टापछि मस्तिष्कमाथि गरिएको अनुसन्धानबाट उनीहरुको दिमागमा चेतना नभएको पत्ता लागेको छ ।
दिमागमा देखियो हलचलः
३२ वटा सुँगरका मस्तिष्काई येल स्कूल अफ मेडिसिनको ब्रेन एक्स नामको एउटा संरचनाले नियन्त्रण गरियो । ती मस्तिष्कलाई ६ घण्टासम्म स्वास्थ्यवर्धक औषधी दिइयो । अनुसन्धानका क्रममा दिमागमा हलचल देखियो । यतिबेला मस्तिष्कबीचको सम्पर्कले काम गरिरहेको पाइयो ।
जनावरको मत्यु भएको १० घण्टापछि पनि मस्तिष्कले केही हदसम्म काम गरिरहेको थियो । यतिबेला मस्तिष्कका कोसिकाले अक्सिजनको प्रयोग त्यसरी नै गरिरहेको थियो जसरी जिउँदो जनावरको दिमागले गर्छ । जुन औषधी दिइयो त्यसले पनि प्रतिक्रिया दिएको देखियो । अनुसन्धानकर्ता मस्तिष्कलाई ३६ घण्छासम्म जिउँदो राख्न सफल भए ।
धेरैजसो मानिसहरु सोच्ने गर्छन् कि अक्सिजनको सञ्चार रोकिएपछि मस्तिष्कको तत्काल मृत्य हुन्छ तर वास्तवमा यस्तो हुँदैन ।
कोसिकाको मृत्यु बिस्तारै र चरणबद्ध तरिकाले हुन्छः प्रा. सेस्टन
येल स्कूल अफ मेडिसिनमा न्यूरोसाइन्सका प्राध्यापक नेनाद सेस्टनका अनुसार मस्तिष्कका कोसिकाको पूर्ण मृत्यु हुन अपेक्षाकृत धेरै समय लाग्छ । उनका अनुसार कोसिकाको मृत्यु क्रमशः र चरणबद्ध तरिकाले हुन्छ । यीमध्ये केही प्रक्रियालाई या त स्थगित गर्न सकिन्छ वा त्यसलाई रोक्न पनि सकिन्छ ।