सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जन्ती बस जलाउने विप्लवका सैन्य कमाण्डरलाई आयोगको संरक्षण

मङ्गलबार, १० वैशाख २०७६, १३ : ११
मङ्गलबार, १० वैशाख २०७६

गत फागुन ३० गते कैलालीको बडैपुरमा जन्ती बसमा आगजानी गर्ने विप्लव समूहका सैन्य कमाण्डरलाई राष्ट्रिय मानव अधिकार आयोगको क्षेत्रीय कार्यालय कोहलपुरले संरक्षण दिएको खुलेको छ ।

विप्लव समूहका प्रदेश ५, ६ र ७ का इन्चार्ज रहेका दान बहादुर फडेरालाई बम विस्फोटलगायत अपराधिक गतिविधिमा संलग्न रहेको भन्दै इलाका प्रहरी कार्यालय, कोहलपुरले एक गेष्ट हाउसबाट गत चैत १२ गते पक्राउ पर्यो ।

तर, फडेरा वैशाख ८ गते जिल्ला अदालत बाँकेबाट साधारण तारेखमा रिहा भए । रिहा भएका फडेरालाई आयोगका प्रमुख चन्द्रकान्त चापागाईं आफै अदालत गएर गाडीमा लगेको कोहलपुरका एक प्रहरी अधिकृत बताउँछन् ।

अदालतबाट रिहा भएसँगै उनी अहिले राष्ट्रिय मानव अधिकार आयोजको क्षेत्रीय कार्यालय कोहलपुरको संरक्षणमा रहेको खुलेको हो ।

स्रोतका अनुसार आयोगले फडेरालाई आज सीडीओ कार्यालयमा लगेर बुझाउने तयारी गरेको छ । 

फडेरामाथि जिल्ला प्रहरी कार्यालय कैलालीमा पनि मुद्दा परेको छ । कैलालीले अदालतको पत्रसँगै पक्राउ गर्न आदेश दिएपनि आयोगले संरक्षण दिएको कोहलपुरका डीएसपी रमेशबहादुर सिंहले जानकारी दिए ।

डीएसपी सिंहले भने, ‘कैलालीबाट फडेरालाई पक्राउ गरी पठाउन भनी आदेश आएको छ । त्यसैले सीडीओ कार्यालयमा बुझाउन लाग्दा फडेरालाई पक्राउ गरी कैलाली पठाउने तयारीमा छौँ ।’

यता यो विषयमा आयोगका प्रमुख चापागाईंले हाम्रो शरणमा आएर सुरक्षाको दृष्टिकोणले संरक्षण दिएको बताए । उनले भने, ‘अरु मुद्दा के छ हामीलाई थाहा छैन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप