आज कति छ सुनचाँदीको भाउ ?
बुधबार, ११ वैशाख २०७६, १२ : १६
काठमाडौं– बुधबार सुनको भाउ रु १०० ले घटेको छ ।
मंगलबार तोलामा ५९ हजार ३०० मा कारोबार भएको सुनको भाउ बुधबार घटेर ५९ हजार २०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन तोलामा ५८ हजार ९०० मा कारोबार भइरहेको छ।
यस्तै आज चाँदी तोलामा ७२० मा कारोबार भइरहेको छ ।