मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

भरतपुर–१९ को मतगणना साढे १० बजेदेखि शुरु

शुक्रबार, २० साउन २०७४, २२ : २४
शुक्रबार, २० साउन २०७४

काठमाडौँ – भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा भएको पुनः मतदानको मतगणना आज रातीदेखि शुरु गर्ने सर्वदलीय बैठकले निर्णय गरेको छ । मतगणना राती साढे १० बजेदेखि शुरु गर्ने दलहरुबीच सहमति भएको हो ।


मतगणनास्थलमा चारवटा स्थानबाट मतगणना शुरु गरिने छ भने एक पार्टीबाट एक जनामात्र प्रतिनिधिलाई राखिने छ ।


वडा नम्बर १९ मा ३७ सय ९७ मतदाता रहेकोमा आज २८ सय ७० जनाले मतदान गरेका छन् । यो अघिल्लो चुनावमा खसेको मतभन्दा २७ मतले कम हो ।


भोलि बेलुकासम्म मतगणना सक्ने राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप