मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

आज शुक्रबार कुन राशिका लागि शुभ ?

शुक्रबार, १३ वैशाख २०७६, ०६ : २७
शुक्रबार, १३ वैशाख २०७६

वि.सं.२०७६ साल वैशाख १३ गते । शुक्रबार । ईश्वी सन् २०१९ अप्रिल २६ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि सप्तमी,२६ घडी ४३ पला,बेलुकी ०४ बजेर १३ मिनेट उप्रान्त अष्टमी । नक्षत्र उत्तरषाडा,४७ घडी ५३ पला,रातको १२ बजेर ४१ मिनेट उप्रान्त श्रवण । योग साध्य,५३ घडि ४९ पला,रातको ०३ बजेर ०३ मिनेट उप्रान्त शुभ । करण बव,बेलुकी ०४ बजेर १३ मिनेट उप्रान्त वालव । आनन्दादिमा आनन्द योग । चन्द्रराशि मकर । अष्टमी व्रत । प्रतिलिपि अधिकार दिवस ।

काठमाडौंमा सूर्योदय ०५ बजेर ३१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३४ मिनेट । दिनमान ३२ घडी ३६ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नयाँ काम पाउने तथा नोकरिमा बढुवाको प्रशस्त सम्भावना रहेकोछ । व्यापार व्यावसायमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ भने नया प्रकृतिको काम गर्ने बाताबरण बन्नेछ । पढाई लखाईमा तपाईको नाम अग्र स्थानमा आउनेछ । आमा बुवाको सल्लाह तथा सुझाबलाई आत्मसाथ गर्दै अगाडि बढ्दा मनग्गे लाभ लिन सकिनेछ । सरकारी तथा  प्रशासनिक कामहरु समयमा सम्पादन हुदा मन प्रशन्न हुनेछ । 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) साथिभाई तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा धर्म तथा सस्कृति सँग सम्बन्धित सामानको कारोबार फस्टाएर जानेछ । अध्ययनमा सुधार हुने तथा शिक्षा सँग सम्बन्धित कामहरु समयमा नै सम्पन्न हुनेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । प्रशासन तथा सेवा सम्बन्धित कामहरु समयमा नै सम्पन्न हुने हुदा मन प्रशन्न रहनेछन् ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने यहि बेलामा आयस्रोतका बाटाहरु साघुरा हुनेछन् । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेकोछ । खानपानमा बिशेष ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछैन । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदि बहिनी सँग साना साना कुरामा मनमुटाव बढ्नेछ । यात्रा गर्दा सावधानि अपनाउनु होला आजको दिन मध्ययम रहेकोछ । 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु पढाउँन सकिनेछ । भौतिक सम्पति तथा मानव निर्मीत वस्तुहरु प्राप्तिको गतिलो योग रहेकोछ । लामो समय देखि भेट नभएका मित्रहरु सँग भेट हुनेछ भने माया प्रेममा आत्मियताको बढोत्तरि हुनेछ भने रमाईलो यात्राको तय हुनेछ । बिद्यार्थिहरुले अध्ययनमा सफलता पाउँनेछन् भने गुरुहरुको राम्रो सहयोग पाईने हुँदा गन्तब्य पहिल्याउँन सहज हुनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नोकरिमा प्रतिष्पर्धिहरुलाई हराउदै अगाडि बढ्न सकिनेछ भने सत्रुता राख्नेहरु आफै साईड लाग्नेछन् । बिवादित निर्णयहरु तपाईकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा आउने हुँदा घर परिवार तथा आफन्तहरु खुसि हुनेछन् । व्यापार व्यावसायमा लगानि गरि मनग्गे आम्दानि हुने योग रहेकोछ । पुराना स्वास्थ्य सम्बन्धि समस्याहरु हल भएर जानेछन् भने संकटबाट मुक्ति मिल्ने समय रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आकस्मिक धन तथा सम्पति लाभ हुने समय रहेकोछ । शेयर बजार तथा चिठ्ठाको व्यावसाय फस्टाएर जानेछ भने व्यापार व्यावसायमा लगानि गरि मनग्गे धन सम्पति कमाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने आत्मिय मित्रको साथ रहने हुनाले महत्वपुर्ण उपलब्धि हासिल गर्न सकिनेछ । आफन्त तथा सन्तानबाट तपाईको काममा सहयोग हुने हुदा मन प्रशन्न रहनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा तथा उपलव्धिमुलक कामहरु गर्न सकिनेछ । 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बिभिन्न अवसर आएपनि ति अवसरको सहि तरिकाले सदुपयोग गर्न नसक्दा समयले तपाईलाई पछाडि छोड्नेछ । व्यापार व्यावसायमा आम्दानि कम हुनेछ भने खर्च बढ्नाले आर्थिक व्यावस्थापन गर्न कठिनाई हुनेछ । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको आलोचनात्मक समर्थन पाउने योग रहेकोछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । आफन्त सँग टाडिएर लामो दुरिको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफन्त तथा शुभचिन्तकहरुको सहयोग तथा समर्थन पाईन ग्रहयोग रहेकोछ । दाजुभाईहरु सँगको सम्बन्धमा नया पनको बिकास हुनेछ । छोटो दुरिको व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्ने आट आउनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सुखि रहनेछ । 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफन्त तथा कुटुम्बसँगको सम्बन्ध सुमधुर भएर जानेछ । सामाजिक सभा समारोहमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ भने बोलिको प्रभाब बढ्ने तथा महत्वपुर्ण कामहरु आज नै फत्ते गर्नु उचित हुनेछ । पढाई लेखाईमा राम्रै प्रगति भएर जानेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुनेछ भने मनग्गे धन सम्पति हात लाग्ने योग रहेकोछ । माया प्रेममा बिश्वासको बाताबरण बढ्नेछ । 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसाय फस्टाएर जाने हुनालेमनग्गे धन सम्पति जोड्न सकिनेछ । बिलाशि तथा भौतिक सम्पतिको प्रयोग गर्न पाईने हुनालेअरुको मन आफुतिर लोभ्याउँन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्निबिच बिश्वासको बाताबरण मजबुत हुनेछ । अध्ययन अध्यापनमा अरुभन्दा एक कदम अगाडि बढि नतिजा आफैतिर ल्याउँन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाईने हुनालेपद प्राप्तिको गतिलो योग रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) विदेशि सामानको व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ भने कर्म प्राप्तिको निम्ति लामो दुरिको बिदेश यात्रा हुँने योग रहेकोछ । पढाई लेखाईमा सुधार हुँदै जाने तथा अलि बढि मेहेनेत गर्दा पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । अग्रज तथा आफन्तहरुको सल्लाह बमोजिम अगाडि बढ्नुहोला गन्तब्य पहिल्याउँन सहज हुनेछ । समयमा काम बन्ने हुनाले मान सम्मानमा बृद्धि भएर जानेछ ।
    
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पैया पैसा कमाउने काममा सहभागि हुन सकिनेछ । व्यावसायमा प्रसस्त आम्दानि हुने तथा आम्दानिका स्रोतहरु बढेर जानेछ । पैत्रिक धन सम्पति हात लाग्ने योग रहेको छ । दाजुभाईबाट भने जस्तो सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अरुभन्दा एक कदम अगाडी बढि सफलता हात पार्न सकिनेछ ।  आफुले सोचेका तथा चाहेका वस्तुहरुको प्रयोग गर्न पाउदा मन प्रफुल्लित हुनेछ ।

तपाईको दिन शुभ रहोस् ।     

यूवा ज्योतिषि डिपि भण्डारी    
ज्योतिष परामर्ष सेवा केन्द्र ।
चाबहिल,काठमाडौं फोन न।९८०८३०७२७५
नोटः चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप