सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘हिम्मतवाली’ का नायक सुदर्शन गौतमविरुद्व ‘रेड नोटिस’ जारी

शुक्रबार, १३ वैशाख २०७६, १३ : २८
शुक्रबार, १३ वैशाख २०७६

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) सचिवालय मातहतको प्रहरी अपराध संगठन (इन्टरपोल) शाखाले मानव तस्करमा संलग्न रहेको भन्दै चलचित्र ‘हिम्मतवाली’ का नायक सुदर्शन गौतमविरुद्व रेड नोटिस जारी गरेको छ ।

प्रहरी हेडक्वार्टरका केन्द्रीय प्रवक्ता उत्तम सुवेदीका अनुसार उनीविरुद्व रेड नोटिस जारी भएसँगै इन्टरपोलका सदस्य रहेका १ सय ९२ देशका प्रहरीले गौतमको खोजी गर्नेछन् ।

क्यानाडामा बस्दै आएका गौतमले दुई वर्षअघि नेपालबाट विभिन्न देश हुँदै अमेरिकामा मानव तस्करी गर्ने गरेको भन्दै विवादमा तानिएका थिए ।

केही वर्षअघि गौतमको समूहले फिल्मको सुटिङका नाममा तीन नेपालीलाई अमेरिका लैजाने भन्दै विभिन्न देश हुँदै हाइटी पुर्याएको थियो ।

हाइटीबाट समुद्री बाटोमार्फत उनीहरुलाई अमेरिका पुर्याउने क्रममा बहामास भन्ने देशमा पुगेपछि पानीजहाजका सुरक्षा गार्डले शंका लागेर नियन्त्रणमा लिएका थिए ।

पानीजहाज नियन्त्रणमा परेसँगै गौतम मानव तस्कर कार्यमा संलग्न रहेको भन्दै यो घटना बाहिर आएको थियो ।

दुवै हात नभएका गौतम केही वर्षअघि सगरमाथा चढेपछि चर्चामा पनि आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप